अमेरिकाको न्यू जर्सीमा बाढीले कार बगाउँदा २ जनाको मृत्यु, सयौं मानिसहरू प्रभावित


प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार

सोमबार आएको आकस्मिक बाढीले न्यू जर्सी राज्यलाई ठूलो क्षति पुर्‍याएको छ। सडकहरू जलमग्न बने भने कैयौं सवारीहरू बगाए । जसका कारण सयौं मानिसहरू आपतमा परे। बाढीका कारण दुई जनाको ज्यान गएको छ भने हजारौं यात्रुहरू प्रभावित भएका छन्। न्यू जर्सीका राज्यपाल फिल मर्फीले आपतकालीन अवस्था घोषणा गरेका छन्।

प्लेनफिल्ड सहरका अधिकारीहरूका अनुसार, दुई जनाको मृत्यु त्यतिबेला भयो जब उनीहरूको सवारी सिडर ब्रुक नदीमा बगेर गयो। घटनास्थलमै उद्धार टोली पुगे पनि गाडी बाढीमा पूर्णरूपमा डुबिसकेको थियो। यो घटना जुलाई ३ मा प्लेनफिल्डमा आएको आँधीबेहरीमा दुई जनाको मृत्यु भएको केही दिनपछि भएको हो।

प्लेनफिल्डका मेयर एड्रियन म्यापले भने, “यति छोटो अवधिमा चार जना नगरवासी गुमाउनु अकल्पनीय हो। हामी मृतकका परिवारसँग शोकमा छौं र भविष्यमा यस्ता घटनाबाट जोगिन आपतकालीन व्यवस्थालाई अझ प्रभावकारी बनाउनेछौं।”

नजिकैको नर्थ प्लेनफिल्डमा पनि बाढीको चपेटामा परी घर र गाडीहरूमा ठूलो क्षति पुगेको छ। प्रहरीले छातीसम्मको पानीमा पसेर करिब ४० जनालाई सुरक्षित स्थानमा सार्न सफल भएको जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यू जर्सी मात्र होइन, सोमबारको आकस्मिक बाढीको असर न्यूयोर्क सिटी, वेस्टचेस्टर काउन्टी (न्यूयोर्क), वाशिंगटन डी.सी. र अरलिङ्टन (भर्जिनिया)सम्म फैलिएको थियो। विशेषगरी भर्जिनियाको पीटर्सबर्ग क्षेत्रमा दुर्लभ ‘फ्ल्यास फ्लड इमर्जेन्सी’ (आकस्मिक बाढी आपतकाल) घोषणासमेत गरियो, जहाँ केही स्थानमा १८ इञ्चसम्म पानी परेको रिपोर्ट गरिएको छ।

न्यूयोर्क सिटीमा क्रस ब्रङ्क्स एक्सप्रेसवेमा पानी पसेको प्रहरी रिपोर्टमा उल्लेख छ भने म्यानह्याटनको २८औं स्ट्रिट सबवे स्टेशनमा बाढीको पानी पसिरहेको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

साथै, सेंट्रल पार्कमा एक घण्टामा २ दशमलव ०७ इञ्च पानी परेको मापन गरिएको छ, जुन त्यहाँको दोस्रो उच्चतम एक-घण्टे वर्षा हो। विशेषज्ञहरूका अनुसार, यो २० वर्षमा एक पटक मात्र देखिने खालको बाढी हो।

यात्रा सेवामा पनि ठुलो असर परेको छ। सोमबार मात्र अमेरिकाभर २,००० भन्दा बढी उडानहरू रद्द गरिए भने न्यू जर्सी ट्रान्जिट र मेट्रो-नर्थ रेल सेवामा पनि ठूलो बाधा पुगेको छ।

मंगलबार पनि मध्य अटलान्टिक क्षेत्रमा बाढीको खतरा कायम छ। वाशिंगटन डी.सी.देखि नर्थ क्यारोलिनाको एशभिलसम्म भारी वर्षाको पूर्वानुमान छ, जहाँ एक घण्टामा २ इञ्चसम्म वर्षा हुन सक्ने बताइएको छ।

त्यसैगरी, टेक्सास राज्यको हिल कन्ट्री, अष्टिन र सान एन्टोनियो क्षेत्रमा पनि आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ। उद्धार टोलीहरूले पीडितहरूको खोजी जारी राखिरहेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com