युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पको रणनीति : रुसलाई ५० दिनको अल्टिमेटम, १०० % ट्यारिफको चेतावनी


प्रकाशित मिति : असार ३०, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुसमाथि कडा दबाब दिने उद्देश्यले दुई कदम सार्वजनिक गरेका छन्। उनले युक्रेनलाई नयाँ हतियार आपूर्ति गर्ने र यदि रुसले ५० दिनभित्र शान्ति सम्झौता नगरेमा उसमाथि १०० प्रतिशतसम्मको व्यापारिक ट्यारिफ (शुल्क) लगाउने चेतावनी दिएका हुन् ।

ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, “हामीले लगभग चार पटक सम्झौताको नजिक पुगेका थियौं, तर त्यो कहिल्यै अन्त्य भएन। अब समय आयो, रुसले ५० दिनभित्र युद्ध रोक्न शान्ति सम्झौता गर्नुपर्छ, नभए उसमाथि कडा आर्थिक कारबाही गरिनेछ।”

राष्ट्रपति ट्रम्पको योजनाअनुसार, युरोपेली राष्ट्रहरूले अमेरिकाबाट हतियार खरिद गरेर तिनलाई युक्रेनमा स्थानान्तरण गर्नेछन्। यो योजनाले ट्रम्पलाई सिधै युक्रेनलाई हतियार दिएको आरोपबाट बच्न मद्दत गर्नेछ।

उनको भनाइमा, “हामी युरोपलाई हतियार बेच्नेछौं र उनीहरूले तिनलाई युक्रेनमा दिनेछन्। यसले अमेरिकाको प्रत्यक्ष संलग्नता घटाउँछ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नाटो महासचिव मार्क रुटेसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले जर्मनी, फिनल्याण्ड, डेनमार्क, स्विडेन र नर्वे लगायतका मुलुकहरूलाई सम्भावित हतियार आपूर्तिकर्ता राष्ट्रको रूपमा उल्लेख गरे।

नयाँ हतियार आपूर्तिको योजनामा युक्रेनलाई अत्यधिक मागमा रहेको पैट्रियट मिसाइल प्रणाली, छोटो दूरीका मिसाइल, होविट्जर गोला र मध्यम दूरीका हवाई मिसाइलहरू समावेश छन्।

पैट्रियट प्रणाली युक्रेनका लागि अत्यन्तै आवश्यक हतियार हो, जुनले लाखौं नागरिकलाई हवाई आक्रमणबाट जोगाउन भूमिका खेलेको छ।

यदि ५० दिनभित्र शान्ति सम्झौता नभएमा ट्रम्प प्रशासनले रूसमाथि १०० प्रतिशत ट्यारिफ लगाउनेछ। ट्रम्पले यसलाई “सेकेन्डरी ट्यारिफ” भन्दै स्पष्ट पारे, जसअन्तर्गत केवल रूसमाथि मात्र होइन, रुसी तेल किन्ने अन्य देशहरूमाथि पनि सेकेन्डरी प्रतिबन्ध लाग्नेछ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार, अमेरिका र रुसबीचको प्रत्यक्ष व्यापार अत्यन्त न्यून छ, त्यसैले यस्ता सेकेन्डरी प्रतिबन्धहरूले थप प्रभाव पार्न सक्छन्।

ट्रम्पले भने, “म व्यापारलाई धेरै विषयमा प्रयोग गर्छु। तर युद्ध अन्त्य गर्न यो सबैभन्दा राम्रो माध्यम हो।”

ट्रम्पले रुसी राष्ट्रपति पुटिनप्रति आफ्नो निराशा प्रकट गरे। एक समय पुटिनको आक्रमणलाई ‘चतुर निर्णय’ भनेर सराहना गरेका ट्रम्पले अहिले भने उनको उपेक्षा र आक्रामक गतिविधिबाट आफू रुष्ट भएको जनाए।

“पुटिनसँगका मेरा कुराकानीहरू सधैं शान्तिपूर्ण हुन्छन् तर त्यसपछि रातभर मिसाइल प्रहार हुन्छ,” ट्रम्पले भने, “उनले क्लिन्टन, बुश, ओबामा र बाइडनलाई झुक्याए । तर, मलाई होइन।”

ट्रम्पले युरोपेली मुलुकहरूको पछिल्लो संलग्नताप्रति प्रशंसा गरे। उनले भने, “पहिले मलाई लाग्दैनथ्यो कि युरोप यो युद्धप्रति गम्भीर छ। तर अहिले म उनीहरूको एकताबद्धताको स्तर देखेर प्रभावित छु।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com