अमेरिकाले डिपोर्ट गरेका तेस्रो देशका आप्रवासी लिन नाइजेरियाद्वारा अस्वीकार


प्रकाशित मिति : असार २८, २०८२ शनिबार

अमेरिकाले डिपोर्ट गरेका तेस्रो देशका आप्रवासीलाई नाइजेरियाले लिन अस्वीकार गरेको छ । नाइजेरियाको सरकारले अमेरिकाबाट निष्कासित तेस्रो देशका आप्रवासी नागरिकलाई लिनुपर्ने ट्रम्प प्रशासनको प्रस्तावलाई कडा रूपमा अस्वीकार गरेको हो ।

अमेरिकाले अन्य तेस्रो देशहरूबाट निष्कासित आप्रवासीहरूलाई अफ्रिकी देशहरूले लिनुपर्छ भन्ने दवाव दिदै आएको छ। नाइजेरियाका विदेशमन्त्री युसुफ टुग्गरले अमेरिकाले केही अफ्रिकी देशहरूलाई अन्य मुलुकका निष्कासित आप्रवासीहरू लिन दबाब दिइरहेको बताए ।

नाइजेरिया आफै समस्यामा रहेको बेला अन्यदेशका आप्रवासी स्वीकार गर्ने संभावना नै रहेको उनले स्पष्ट पारेका छन । हामी आफै अप्ठारोमा छौ , तिमीहरुलाई कसरी सहयोग गर्न सक्छौ भनेर उनले भनेका छन ।

यो टिप्पणी ट्रम्प प्रशासनले आप्रवासीहरूलाई निष्कासन गर्न थालेपछि आएको सबैभन्दा ठूला अस्वीकारमध्ये एक हो । अमेरिकाले तेस्रो मुलुकका आप्रवासीहरूलाई लिन अस्वीकार गर्ने देशहरूलाई भिसा प्रतिबन्ध र व्यापारिक शुल्कको धम्की दिइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालसम्म अमेरिकाले दक्षिण सुडानमा म्यानमार, लाओस, भियतनाम, क्युबा र मेक्सिकोका आठ व्यक्तिहरूलाई निष्कासित गरिसकेको छ। यी व्यक्तिहरूलाई मे महिनामा पूर्वी अफ्रिकाको ड्जिबुटीस्थित सैनिक अड्डामा राखिएको थियो । उनीहरुलाई गत साता मात्रै दक्षिण सुडान पठाइएको हो।

मे महिनामा रुवाण्डाका विदेशमन्त्री ओलिभिए न्दुहुङ्गिरेहेले अमेरिकासँग प्रारम्भिक वार्ता भइरहेको बताएका थिए। अमेरिकाले बेनिन, इस्वातिनी र लिबियालाई पनि सो प्रस्ताव गरेको बताइएको छ । तर लिबियाका दुवै सरकार ले यसलाई अस्वीकार गरेका छन्।

यसै हप्ता अमेरिकी विदेश मन्त्रालयले नाइजेरिया, इथियोपिया र क्यामरुनका नागरिकहरूलाई दिइने नन इमिग्रेन्ट भिसामा कडा प्रतिबन्ध लगाएको छ ।

अब ती देशका नागरिकहरूलाई दिइने भिसाहरू केवल ३ महिनाका लागि र एकपटक मात्रै प्रयोग गर्न मिल्ने हुनेछन्। नाइजेरियाले यसमा आपत्ति जनाउँदै यो प्रतिबन्ध पारस्परिक नभई अमेरिकाको आप्रवासन दबाबसँग सम्बन्धित रहेको बताएको छ।

नाइजेरियाले भने अमेरिकासँग खनिज, तेल र ग्याससम्बन्धी नयाँ सम्झौता गर्न तयार रहेको बताएको छ । तर सार्वभौमिकतामा सम्झौता नगर्ने उसले स्पष्ट पारेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com