‘भोकमरीमा परेका मानिसहरूको चिहान’मा परिणत भइरहेको छ गाजा !


प्रकाशित मिति : असार २८, २०८२ शनिबार

संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सी (यूएनआरडब्ल्यूए)का प्रमुख फिलिप लाजारिनीले गाजा पट्टी अहिले बालबालिका र भोकमरीमा परेका मानिसहरूको चिहानजस्तै बनेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै लाजारिनीले इजरायली सरकारले गाजामा ‘क्रूर र म्याकियाभेलियाली योजना’ लागू गरिरहेको आरोप लगाए।

उनका अनुसार, गाजाबाट बाहिर निस्कने कुनै उपाय नभएकाले स्थानीयहरू भोकमरी वा बमबारी-दुवै मृत्युका विकल्पहरूमध्ये एक रोज्न बाध्य छन्। “यो सबैभन्दा क्रूर र योजनाबद्ध हत्या हो,” उनले लेखे।

गाजाको सरकारी तथ्यांक अनुसार, मे २७ यता अमेरिका र इजरायल समर्थित जीएचएफ (गाजा मानवीय फाउन्डेसन) द्वारा सञ्चालित खाद्य वितरण केन्द्रहरूमा सहायता लिन पुगेका बेला कम्तीमा ८०० प्यालेस्टिनी नागरिक मारिएका छन् भने ५,१०१ जना घाइते भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लाजारिनीको भनाइ अल–जजिराको पछिल्लो प्रतिवेदनपछि आएको हो, जसमा उल्लेख छ कि इजरायली सेनाले देइर अल–बलाह शहरमा पोषण सहायता प्राप्त गर्न लाइनमा रहेका ९ बालबालिका र ४ महिलासहित १५ जनाको गोली हानी हत्या गरेको थियो।

संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रवक्ता रविना शमदासानीले मेदेखि जुलाई ७ सम्म गाजामा सहायता केन्द्रनजिकै भएका आक्रमणहरूमा ७९८ जना मारिएको पुष्टि गरेकी छन्।

अमेरिकी ठेकेदारहरू र जीएचएफमा कार्यरत केहीले सहायता लिन आएका निहत्था नागरिकहरूमाथि गोली चलाइएको स्वीकार गरेका छन्।

यसैबीच, विश्व खाद्य कार्यक्रमका उपकार्यकारी निर्देशक कार्ल स्काउले गाजाको स्थिति हालसम्मकै सबैभन्दा भयावह रहेको बताएका छन्।

गाजाको आफ्नो चौथो भ्रमणबाट फर्किएका स्काउका अनुसार डब्लुएफपीसँग गाजाको सम्पूर्ण जनसंख्यालाई दुई महिना खुवाउन पर्याप्त खाद्यान्न भए पनि सहायता पुग्ने ट्रकहरूलाई इजरायली पक्षले गन्तव्यमा जान अवरोध गरिरहेको छ।

लाजारिनीले अन्त्यमा भने, “गाजामा पूर्ण दण्डहीनता कायम छ। मानवीय मूल्य र अन्तर्राष्ट्रिय मान्यताहरूलाई गाडिएको छ। अकर्मण्यता बढेमा स्थिति झनै भयावह बन्नेछ। अब पनि चुप लाग्ने हो भने हामी सबैले यस इतिहासको साझा दोष वहन गर्नु पर्नेछ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com