एयर इण्डिया विमान दुर्घटनाको प्रारम्भिक रिर्पोट भन्छ : ‘पाइलटको गल्ती हुनसक्ने देखियो’


प्रकाशित मिति : असार २७, २०८२ शुक्रबार

तस्बिर: पुनित परांजपे / एएफपी

इन्जिनमा इन्धन आपूर्ति बन्द भएपछि एयर इन्डिया विमान दुर्घटना भएको पाइएको छ । यो दुर्घटनामा २६० जनाको मृत्यु भएको थियो।

लन्डनतर्फ गइरहेको एयर इन्डिया फ्लाइट १७१ ले भारतको गुजरातस्थित अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्नेबित्तिकै जमिनमा खसेको थियो । बोर्डमा रहेका २४२ मध्ये एक यात्रु बाहेक सबैको मृत्यु भयो ।

भारतको एयरक्राफ्ट एक्सिडेन्ट इन्भेष्टिगेसन ब्यूरो द्वारा तयार गरिएको प्रारम्भिक रिपोर्ट अनुसार, बोइङ ७८७ ड्रीमलाइनर विमानको ककपिटमा रहेका इन्धन नियन्त्रण स्विचहरू गलत रूपमा “रन” बाट “कटो” मा सारिएको थियो । जसका कारण इन्जिनहरूमा इन्धन पुग्न छाडेको देखिएको छ ।

जाँचकर्ताहरूले विमानको ब्ल्याक बक्स अर्थात उडान डेटा र ककपिट आवाज रेकर्डर बाट ४९ घण्टा उडान डेटा र २ घण्टा ककपिट वार्ता निकाल्न सफल भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रिपोर्ट अनुसार विमानले १८० नट्सको गति प्राप्त गरेपछि दुवै इन्जिनको इन्धन कटअफ स्विच एक–सेकेन्डको अन्तरालमा काटिएको थियो ।

ककपिटको आवाजमा एउटा पाइलटले अर्कोलाई “किन कटअफ गर्यौ ” भनेर सोधेको सुनिन्छ, तर अर्का पाइलटले आफूले नगरेको जवाफ दिएका छन्।

थप केही सेकेन्डपछि स्विचहरू पुनः “रन” स्थितिमा फर्काइएको थियो । इन्जिनहरू फेरि स्टार्ट हुने क्रममा थिए, तर त्यसैबेला विमान जमिनमा खसेको थियो।

रिपोर्टका अनुसार, विमान उड्न थालेपछि आपतकालीन विद्युत् स्रोत सक्रिय भएको देखिएको थियो । विमानले विमानस्थलको परिधि पर्खाल पार नगरेकै बेला ऊचाइ गुमाउन थालेको थियो।

इन्जिन पुनः स्टार्ट गर्ने प्रयास भइरहेका बेला एक पाइलटले “मेडे मेडे” भनेर आपतकालीन संकेत दिएका थिए । तर एअर ट्राफिक कन्ट्रोलरले जवाफ पाएनन् । विमानलाई टाढाबाट खस्दै गरेको हेरेर बसे ।

सुरक्षा विश्लेषक डेविड सौसी का अनुसार, बोइङ ७८७ मा रहेका इन्धन स्विचहरू स्वचालित रूपमा चल्ने होइनन् । तिनीहरू अत्यन्तै सुरक्षित किसिमले डिजाइन गरिएको हुन्छन् र गल्तीले सरिने सम्भावना निकै कम हुन्छ।

रिपोर्ट अनुसार, विमानका कप्तान ५६ वर्षका थिए र १५ हजार घण्टा भन्दा बढी उडान अनुभव भएका थिए । प्रथम अधिकारी ३२ वर्षीय थिए र ३ हजार ४०० घण्टा भन्दा बढी उडान अनुभव भएको बताइएको छ।

विमानको इन्धन गुणस्तर सन्तोषजनक पाइएको छ । बर्ड स्ट्राइक वा चराचुरुङ्गीको उल्लेख्य गतिविधि नदेखिएको रिपोर्टमा उल्लेख छ ।

विमानको भार स्वीकृत सीमा भित्र थियो । विमानमा खतरनाक सामान थिएनन् । विङ फ्ल्यापहरू ५ डिग्री मा सेट गरिएको थियो जुन टेक अफका लागि सही हो । ल्याण्डिङ गियर डाउन पोजिशनमा थियो।

एयर इन्डियाको फ्लाइट १७१ ले १२ जुन २०२५ मा अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडान भरेको थियो । उडानमा २४२ यात्रु तथा चालकदल थिए ।

जसमा १६९ जना भारतीय, ५३ ब्रिटिश, ७ पोर्चुगिज र १ जना क्यानाडियन नागरिक थिए। विमान भुइँमा खस्दा अहमदाबादको मेडिकल कलेज र अस्पतालको होस्टलमा ठोक्किएको थियो ।

जसका कारण भुइँमा रहेका केही मानिसहरूले पनि ज्यान गुमाए । एयर इन्डियाले यो रिपोर्ट प्राप्त गरेको स्वीकार गर्दै अनुसन्धानमा निरन्तर सहयोग गर्ने बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com