हमासले भन्यो – ‘गाजामा इजरायली सेना रहँदासम्म युद्धविराम सम्भव छैन’


प्रकाशित मिति : असार २६, २०८२ बिहीबार

प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा इजरायली सेनाको भारी उपस्थिति रहँदासम्म कुनै पनि युद्धविराम सम्झौता सम्भव नहुने स्पष्ट पारेको छ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा संलग्न १० जनालाई रिहा गर्न तयार भएको जनाएको छ।

कतारको राजधानी दोहामा आइतबारदेखि अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा हमास र इजरायली वार्ता टोलीबीच अप्रत्यक्ष वार्ता चलिरहेको छ। यसैबीच अमेरिकी अधिकारीहरूले आगामी दिनमा करिब ६० दिनसम्मको अस्थायी युद्धविराम हुने आशा व्यक्त गरेका छन्।

तर हमासले गाजामा मानवीय सहायता स्वतन्त्र रूपमा प्रवाह हुनुका साथै इजरायली सैन्य गतिविधिको पूर्ण अन्त्य हुनुपर्ने स्पष्ट सन्देश दिएको छ। समूहका अनुसार स्थायी शान्तिको लागि यही नै ‘वास्तविक सुनिश्चय’ हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हमासका वरिष्ठ नेता बासेम नइमले बिहीबार एएफपीसँग भने, “हामी हाम्रो भूमिमाथि निरन्तर कब्जा रहने अवस्था स्वीकार गर्न सक्दैनौँ। इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरूमा हामी आत्मसमर्पण गर्न बाध्य हुन्छौँ भन्ने प्रस्तावलाई अस्वीकार गर्छौं।”

उनले दोहामा जारी वार्ताको हालको चरणमा यही विषयमा केन्द्रित भएर हमासको वार्ता टोलीले आफ्नो अडान राखिरहेको जानकारी दिए।

नइमका अनुसार हमासले दक्षिणी गाजाको राफा क्षेत्र तथा खान युनिस र राफाबीचको मोराग करिडोर क्षेत्रमा इजरायली नियन्त्रणको तीव्र विरोध जनाएको छ।

उनले अमेरिका र इजरायल समर्थित समूहहरूद्वारा हाल दिइँदै आएको सीमित सहयोग कार्यक्रम बन्द गर्ने प्रयास भइरहेको दाबी गरे।

यसैबीच बिहीबार मध्य गाजाको देइर अल–बलाहस्थित एक स्वास्थ्य केन्द्रमा भएको इजरायली आक्रमणमा परी आठ बालबालिकासहित १७ जनाको ज्यान गएको नागरिक सुरक्षा विभागले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com