आइसद्वारा पक्राउ परेकी इरानी महिला रिहा


प्रकाशित मिति : असार २६, २०८२ बिहीबार

अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइस) का अधिकारीहरूद्वारा पक्राउ परेकी इरानी महिला रिहा भएकी छन ।

६४ वर्षीया माण्डोना “डोना” काशानियन सामुदायिक दबाब र अमेरिकी प्रतिनिधिसभाका बहुमत नेता स्टिभ स्कालिसको हस्तक्षेपपछि साता रिहा भएकी हुन ।

काशानियनलाई गत महिना न्यू अर्लियन्सको आफ्नै घरको बगैचामा काम गरिरहँदा (आइस) का अधिकारीहरूले पक्राउ गरेका थिए । उनी विगत ४७ वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन् । उनका श्रीमान् र छोरी दुवै अमेरिकी नागरिक हुन्।

काशानियनलाई नियमित रूपमा आप्रवासन अधिकारीहरूमा चेकइन गर्ने सर्तमा रिहा गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइसका अनुसार १९९२ मा उनलाई देश निकाला गर्न अदालतले आदेश दिएको थियो । अदालतको आदेश आएपछि पनि उनले अमेरिका नछोडेको आरोप लगाइएको छ।

लुइजियानाको प्रतिनिधि र सदनका बहुमत नेता स्टिभ स्कालिसले अमेरिकी डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्युरिटी लाई काशानियनको मुद्धा फेरि हेर्न आग्रह गरेका थिए ।

कतिपय छिमेकीहरूले राष्ट्रपति ट्रम्पलाई लेखिएको पत्रहरूमा भनेका थिए, ‘हामी तपाईंको आप्रवासन नीतिको समर्थन गर्छौं, तर काशानियनजस्ता केही व्यक्तिहरू अनुचित रूपमा पक्राउ परेका छन्, कृपया उनको मुद्दा पुनर्विचार गर्नुहोस्।’

काशानियन सन् १९७८ मा विद्यार्थी भिसामा अमेरिका आएकी थिइन्। उनका बुबा अमेरिका समर्थक शाहको समर्थनकर्ता भएकाले उनले आश्रयको लागि आवेदन दिएकी थिइन् । तर त्यो आवेदन अस्वीकृत भएको थियो।

१९८० को दशकको अन्त्यमा उनले बारमा काम गर्ने क्रममा आफ्ना वर्तमान श्रीमान् रस्सेल मिल्नेलाई भेटेकी थिइन् । उनले युट्युबमा पारसी खाना बनाउने भिडियोहरू बनाउने गर्थिन् र छिमेकी बालबालिकालाई सधैं माया गर्थिन्।

इरान हालै अमेरिकी यात्रा प्रतिबन्ध ट्राभल ब्यान मा पर्ने १२ देशहरूमध्ये एक हो । ट्रम्प प्रशासनले प्रतिदिन ३ हजार आप्रवासी पक्राउ गर्ने लक्ष्यसहित आप्रवासन नीति कठोर बनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com