रक्षा मन्त्री हेगसेथले ह्वाइट हाउसलाई थाहै नदिइ युक्रेनलाई हतियार आपूर्ति रोक्ने निर्णय गरेको खुलासा


प्रकाशित मिति : असार २४, २०८२ मंगलबार

अमेरिकी रक्षामन्त्री पीट हेगसेथ । तस्बिर : रासस/ एपी

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले युक्रेनलाई हतियार आपूर्ति रोक्ने निर्णय गर्दा ह्वाइट हाउसलाई कुनै जानकारी नदिएको खुलासा भएको छ ।

गत साता युक्रेनतर्फ पठाइँदै गरेको हतियार आपूर्ति रोक्ने निर्णय अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले गरेका थिए । तर यो निर्णय ह्वाइट हाउसलाई जानकारी नदिई गरेका पाइएको हो ।

यसले ट्रम्प प्रशासनभित्र हतार छलफल र भ्रमको स्थिति सिर्जना गरेको देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार उक्त निर्णयमा आफू संलग्न नभएको संकेत गरे ।

उनले अमेरिकाले युक्रेनलाई सुरक्षात्मक हतियार दिन जारी राख्ने बताए । ट्रम्पले भने हतियार रोक्ने निर्णय बारे आफुलाई थाहा नभएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो घटना ट्रम्प प्रशासनभित्र नीति निर्माण प्रक्रियामा तालमेलको कमी देखाउने उदाहरण हो भनेर विश्लेषकहरुले बताएका छन ।

रक्षामन्त्री हेगसेथले युक्रेनतर्फको हतियार आपूर्ति एकाएक रोक्ने निर्णय यो वर्ष दोस्रो पटक गरेका छन । यो निर्णयले वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरूलाई समेत अचम्ममा पारेको छ ।

पहिलो पटक यस्तो निर्णय फेब्रुअरीमा भएको थियो । यो निर्णय छिट्टै उल्टाइयो । यही कुरा सोमबार राति पनि दोहोरियो । राष्ट्रपति ट्रम्पले हतियार आपूर्ति पुनः सुरु गर्ने घोषणा गरेपछि यो निर्णय पनि उल्टिएको छ ।

रिटायर्ड जनरल तथा युक्रेनका लागि विशेष दूत कीथ केलेग र परराष्ट्र मन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोलाई पनि यो निर्णयको जानकारी प्रेसबाट मात्रै भएको थियो ।

पेन्टागनका प्रवक्ता किङ्स्ली विल्सनले रक्षा मन्त्री हेगसेथले राष्ट्रपति ट्रम्पलाई हतियार आपूर्तिको मूल्याङ्कन गर्न र भण्डारणको अवस्था बुझ्न सहयोग पुर्याउने ढाँचा प्रदान गरे अनुसार भएको र यो प्रयास सरकारभर समन्वयमा गरिएको बताए ।

तर उनले निर्णयपूर्व ह्वाइट हाउसलाई जानकारी दिएका थिए कि थिएनन् भन्ने प्रश्नमा ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लिविटले भनिन्, “राष्ट्रपतिलाई रक्षा मन्त्रीमाथि पूर्ण विश्वास छ।”

हेगसेथसँग हाल प्रमुख सहायक वा विश्वासपात्र सल्लाहकारहरू नभएकाले यस्तो ठूलो निर्णय गर्दा समन्वयको कमी भयो।

राष्ट्रपति ट्रम्पले हेगसेथलाई युक्रेनतर्फ पठाइँदै गरेका केही हतियार, विशेष गरी प्याट्रियट क्षेप्यास्त्र प्रणालीका इन्टरसेप्टर मिसाइलहरू पुनः पठाउन आदेश दिएका छन । यी मिसाइलहरू युक्रेनी नागरिकलाई रुसका ड्रोन र मिसाइल आक्रमणबाट जोगाउन अत्यावश्यक मानिन्छन्।

स्रोतका अनुसार धेरै हतियारहरू पोल्याण्डमा तयारी अवस्थामा छन् । तुरुन्तै युक्रेन पठाउन सकिन्छ । यो हतियार प्याकेज अघिल्लो प्रशासनद्वारा स्वीकृत भइसकेको थियो । युक्रेनतर्फ यात्रा गरिरहेको बेला रोकिएको थियो।

ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई फोनमा हतियार आपूर्तिको आश्वासन दिएका थिए । पेन्टागनले सोमबार राति मात्रै राष्ट्रपति ट्रम्पको निर्देशन अनुसार हतियार आपूर्ति पुनः सुरु हुने जनाएको थियो ।

ट्रम्प हालको समयमा रूसलाई “विजय” दिने मनस्थितिमा छैनन् । हालै ट्रम्प राष्ट्रपति भ्लादिमिर पुटिनप्रति निराश भएका छन् । किनभने पुटिन युक्रेनसँग शान्ति वार्तामा रुचि देखाइरहेका छैनन्।

ट्रम्पले पेन्टागनलाई अमेरिका भित्रको हतियार भण्डारणको मूल्याङ्कन गर्न भनेका थिए । तर युक्रेनतर्फको हतियार रोक्न भनेका थिएनन् ।

यो सुझाव रक्षा मन्त्रालयका नीति उपसचिव एल्ब्रिज कोल्बीबाट आएको थियो । जसले लामो समयदेखि युक्रेनलाई ठूलो मात्रामा हतियार पठाउने कुराप्रति आलोचना गर्दै आएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com