अमेरिकाले जुलाई ९ देखि लागू गर्ने भनिएको आयात कर अब अगस्ट १ देखि कार्यान्वयनमा आउने


प्रकाशित मिति : असार २३, २०८२ सोमबार

फोटो : रासस

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आयातमा लगाइने नयाँ शुल्क केही समयका लागि स्थगित गरेका छन । उनले जुलाई ९ देखि लागू गर्ने भनेको आयात कर अगस्ट १ देखि लागू हुने बताएका हुन ।

उनले जापान र दक्षिण कोरियालगायत १४ देशलाई चेतावनीपूर्ण पत्र पठाएका छन । जापान र दक्षिण कोरियासँगको व्यापार वार्तामा कार ट्यारिफ मुख्य विवादको विषय बनेको छ ।

अमेरिका हालसम्म बेलायत, भियतनामसँग सम्झौतामा मात्र पुगेको छ । चीनसँग आंशिक सम्झौता भएको छ। यी सम्झौताहरूले पुराना ट्यारिफभन्दा उच्च दर कायम राखेका छन्। भारतसँगको सम्झौता नजिकै रहेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकी आयातमा लगाइने उच्च ट्यारिफ (शुल्क) केही समयका लागि स्थगित गरेका हुन । उनले जापान, दक्षिण कोरिया लगायत १४ देशलाई उनीहरूलाई लाग्ने शुल्कबारे जानकारी दिँदै पत्र पनि पठाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो निर्णय ह्वाइट हाउसले अमेरिकामा आयात हुने केही वस्तुहरूमा लगाइने आक्रामक ट्यारिफहरूलाई ९० दिनका लागि रोक लगाएको अवधि सकिन लागेको सन्दर्भमा आएको हो ।

राष्ट्रपतिले जापान र दक्षिण कोरियाबाट आउने वस्तुहरूमा २५ प्रतिशत ट्यारिफ लाग्ने चेतावनी दोहोर्याएका छन । विश्वका अन्य नेताहरूलाई पनि १ अगस्तदेखि लागू हुने सम्भावित ट्यारिफबारे जानकारी दिँदै पत्र पठाएका छन् ।

यी शुल्कहरू ९ जुलाईदेखि लागू हुने तय गरिएको थियो । तर त्यसअघि नै व्यापार सम्झौताको प्रयासस्वरूप स्थगित गरिएको थियो।

ट्रम्पले सामाजिक सञ्जालमा ती १४ देशका नेताहरूलाई लेखिएका पत्र सार्वजनिक गरेका छन । राष्ट्रपतिले ट्यारिफहरूले अमेरिकी उद्योगलाई विदेशी प्रतिस्पर्धाबाट जोगाउने दाबी गरेका छन ।

घरेलु उत्पादन र रोजगारी बढाउनेछ । तर, अर्थशास्त्रीहरू भन्छन् कि यस्ता कदमहरूले अमेरिकामा वस्तुहरूको मूल्य बढाउने र अन्तर्राष्ट्रिय व्यापार घटाउने सम्भावना छ।

ह्वाइट हाउस प्रेस सचिव करोलाइन लेविटले आगामी दिनमा थप पत्रहरू पठाइने बताइन । उनले ९ जुलाईको मिति सारेर १ अगस्त बनाइएकोले राष्ट्रपति ट्रम्पको धम्की कमजोर हुन्छ भन्ने आरोपलाई अस्वीकार गरिन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com