दैनिक ५ लाख ४८ हजार ब्यारेल कच्चा तेल उत्पादन बढाउने ओपेक प्लसको तयारी


प्रकाशित मिति : असार २२, २०८२ आईतबार

तेल निर्यातकर्ता देशहरुले तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने रणनीति तय गरेको देखिएको छ ।

पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन (ओपेक) र यसका साझेदारहरू मिलेर बनेको समूह ‘ओपेक प्लस’ ले आगामी अगस्ट महिनादेखि दैनिक ५ लाख ४८ हजार ब्यारेल कच्चा तेल उत्पादन बढाउने निर्णय गरेको हो ।

यो वृद्धिदर जुलाई महिनाको तुलनामा बढी हो । ओपेकको पेट्रोलियम निर्यातकर्ता राष्ट्रहरूको संगठन हो । यो एक अन्तर्राष्ट्रिय संगठन हो । जसको स्थापना सन् १९६० सेप्टेम्बर १४ मा इराकको बगदादमा गरिएको थियो ।

हाल यसको मुख्यालय अस्ट्रियाको भियना शहरमा छ । ओपेकको मुख्य उद्देश्य सदस्य राष्ट्रहरूबीच सहकार्य गर्दै विश्व बजारमा कच्चा तेल (पेट्रोलियम) को मूल्य स्थिर राख्नु, तेलको आपूर्तिमा सन्तुलन कायम गर्नु र सदस्य राष्ट्रहरूको आर्थिक हितको रक्षा गर्नु हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ओपेकले विश्व बजारको मागअनुसार उत्पादनको मात्रा घटाउने वा बढाउने नीति अपनाएर अन्तर्राष्ट्रिय तेल मूल्यमा सन्तुलन ल्याउने प्रयास गर्दछ ।

जुलाई महिनामा ओपेक प्लसले दैनिक ४ लाख ११ हजार ब्यारेलले उत्पादन बढाएको थियो । समूहले उत्पादनमा गरिएको कटौतीलाई बिस्तारै हटाउने योजनाअनुसार यो निर्णय लिएको हो ।

बैठकमा साउदी अरेबिया, रसिया, इराक, संयुक्त अरब इमिरात, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमान लगायतका सदस्य राष्ट्रहरूले विश्व बजारको अवस्था र भविष्यको अनुमानबारे छलफल गरेका थिए ।

ओपेकको वेबसाइटमा जारी वक्तव्यअनुसार, हालको विश्व अर्थतन्त्र स्थिर देखिएको र तेलको भण्डारण (स्टक) न्यून भएकोले बजार अवस्था बलियो देखिएको छ ।

जसको आधारमा उत्पादन वृद्धिको निर्णय गरिएको हो। तर वक्तव्यमा यदि बजारमा अप्रत्याशित परिवर्तन आएमा, यो वृद्धि रोकिने वा उल्टो रूपमा फेरिन पनि सक्ने भनिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com