इजरायलद्वारा यमनका तीन बन्दरगाहमा हवाई हमला,क्षतिको विवरण संकलन हुँदै
प्रकाशित मिति : असार २२, २०८२ आईतबार
A Taiwanese air force Mirage 2000 fighter jet is seen on final approach for landing at an air force base in Hsinchu, northern Taiwan on April 9, 2023. – China was conducting a second day of military drills around Taiwan on April 9, in what it has called a “stern warning” to the self-ruled island’s government following a meeting between its president and the US House speaker. (Photo by Jameson WU / AFP)
इजरायलले यमनका तीन बन्दरगाहमा हुथी लक्षित आक्रमण गरेको छ ।
यमनका तीनवटा बन्दरगाहहरू हुडैदाह, रस ईसा र सैफमा रहेको हुथी विद्रोहीहरूका लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको हो ।
इजरायली सेनाले आक्रमण अघि ती क्षेत्रमा रहेका सर्वसाधारणलाई खाली गर्न आदेश दिँदै हवाई आक्रमण हुन सक्ने चेतावनी दिएको थियो।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमार्फत यस्ता स्ट्राइकहरूमा बिजुली उत्पादन केन्द्र तथा सन् २०२३ मा हुथीहरूद्वारा अपहरण गरिएको ‘ग्यालेक्सी लिडर’ नामक व्यापारी जहाजलाई लक्ष्य बनाइएको बताएका छन्।
इजरायलका अनुसार उक्त जहाजलाई हुथीहरूले अन्तर्राष्ट्रिय समुद्री क्षेत्रहरूमा निगरानी गर्न प्रयोग गर्दै आएका थिए।
आक्रमणपछी यमनबाट दुईवटा मिसाइल प्रक्षेपण गरिएको इजरायली सेनाले बताएको छ । तीमध्ये केही रोक्ने प्रयास गरिएको भए पनि त्यसको परिणाम “समीक्षा अन्तर्गत रहेको” जनाइएको छ।
मिसाइल प्रक्षेपणपछि इजरायलका विभिन्न क्षेत्रमा साइरन बजाइएको थियो। हुथी नियन्त्रित मिडियाका अनुसार इजरायली स्ट्राइकले हुडैदाहलाई लक्षित गरेको छ । तर क्षति वा घाइतेबारे विस्तृत विवरण दिइएको छैन।
काट्जले यस आक्रमणलाई ‘अपररेशन ब्ल्याक फ्ल्याग’ अन्तर्गतको कारबाही भएको बताएका छन् । यमनको नियति इरानको जस्तो हुने भनेर उनले चेतावनी दिएका छन ।
इजरायललाई क्षति पुर्याउने कोसिस गर्ने जो कोहीले गम्भीर परिणाम भोग्नुपर्छ उनले भनेका छन । हमास–इजरायल युद्ध सुरु भएदेखि नै इरान समर्थित हुथी विद्रोहीहरूले गाजा स्थित प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै इजरायलमा नियमित मिसाइल आक्रमण गर्दै आएका छन् ।
साथै उनीहरुले रेड सी क्षेत्रमा व्यावसायिक जहाजहरूमा आक्रमण गर्ने गरेका छन्।
इजरायली हवाई सेनाले पछिल्लो स्ट्राइकहरू हुथीहरूद्वारा इजरायल तथा तिनका नागरिकमाथि गरिएका ‘बारम्बारका आक्रमणहरू’को जवाफस्वरूप भएको बताएको छ।
हुडैदाह बन्दरगाह यमनका लाखौँ जनताका लागि खाद्यान्न र मानवीय सहयोगको मुख्य प्रवेश बिन्दु हो। गत वर्षदेखि यो बन्दरगाह इजरायली आक्रमणको बारम्बार लक्ष्य बनेको छ।






