अमेरिकाको टेक्सासमा बाढी: मृत्यु संख्या ५१ पुग्यो, २७ बालिकाहरू अझै बेपत्ता


प्रकाशित मिति : असार २२, २०८२ आईतबार

अमेरिकाको टेक्सास राज्यमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ। यस त्रासदीमा २७ जना बालिकाहरू अझै बेपत्ता छन्। टेक्सासको केन्द्रीय क्षेत्रमा आएको यस आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

उद्धारकर्मीहरू क्षतिग्रस्त जंगल, पल्टिएका सवारीसाधन र हिलोले ढाकिएका भग्नावशेषहरूमा जीवितहरूको खोजी गरिरहेका छन्। विशेषगरी क्रिश्चियन समर क्याम्पबाट हराएका २७ बालिकाहरू अझै फेला नपरेकाले खोज अभियान झनै चुनौतीपूर्ण बनेको छ।

केर काउन्टीमा मात्रै कम्तीमा ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा १५ बालबालिकाहरू छन्। छिमेकी काउन्टीहरूमा पनि कम्तीमा ८ जनाको मृत्यु भएको जनाइएको छ।

बाढीले सबैभन्दा ठूलो क्षति पुर्‍याएको क्याम्प म्यास्टीक केर काउन्टीको ग्वाडालुपे नदी किनारमा अवस्थित छ, जहाँ अधिकांश शवहरू भेटिएका थिए। यो क्याम्पमा दर्जनौं बालबालिका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकारीहरूले हेलिकप्टर, डुंगा र ड्रोनको सहायता लिँदै क्याम्पहरू र बाढीले काटिएका क्षेत्रहरूमा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। बाढीका कारण समस्यामा परेका ८५० भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ।

टेक्सासका गभर्नर ग्रेग एबटले उद्धार अभियान २४ सै घण्टा चल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। १३ वर्षीया एलिनोर लेस्टरले घटनाको विवरण सुनाउँदै भनिन्, “क्याम्प पूरै नष्ट भएको थियो। हेलिकप्टरले हामीलाई लिन आयो। हामी डोरी समातेर पुल पार गर्दै पानीबाट निस्कनु परेको थियो।”

स्थानीय अधिकारीहरूका अनुसार यस्तो बाढी एक शताब्दीमा एकपटक आउने प्रकोप हो। करिब ६-७ वर्षअघि नदीमा बाढी चेतावनी प्रणालीको योजना बनेको थियो, तर खर्चको कारणले गर्दा त्यो कार्यान्वयन हुन सकेको थिएन।

बाढीको त्रास अझै पूर्ण रूपमा अन्त्य भएको छैन। प्रभावित क्षेत्रमा अझै वर्षा जारी छ र फ्ल्यास फ्लडको चेतावनी पनि हटाइएको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com