मस्कले घोषणा गरे ‘अमेरिका पार्टी,’ संघीय निर्वाचन आयोगमा दर्ता हुन बाँकी


प्रकाशित मिति : असार २१, २०८२ शनिबार

एलन मस्कले ‘अमेरिका पार्टी’ घोषणा गरेका छन । ट्रम्पसँगको विवादपछि मस्कले नयाँ राजनीतिक पार्टीको रुपमा ‘अमेरिका पार्टी’ घोषणा गरेका हुन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कडा विवादपछि अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी गठनको घोषणा गरेको बताएका हुन ।

शनिबार आफ्नो सामाजिक सञ्जाल एक्स मा पोस्ट गर्दै उनले पार्टीको नाम अमेरिका पार्टी राखिएको जानकारी दिएका छन् ।

यो पार्टीले अमेरिका भित्रको दुई पार्टी प्रणाली लाई चुनौती दिने बताएका छन्। तर अहिले सम्म पार्टी संघीय निर्वाचन आयोग मा आधिकारिक रूपमा दर्ता भएको पुष्टि भएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मस्कले पार्टी कसले नेतृत्व गर्नेछ वा यसको औपचारिक संरचना कस्तो हुनेछ भन्ने विषयमा विवरण दिएका छैनन् । यो पार्टी गठनको कुरा मस्कले पहिलो पटक राष्ट्रपति ट्रम्पसँगको विवादको क्रममा उठाएका थिए ।

उक्त विवादपछि मस्कले ट्रम्प प्रशासनबाट राजीनामा दिएका थिए । उनले सामाजिक सञ्जालमा तीव्र आलोचना गरेका थिए। त्यसक्रममा मस्कले एक्स मा पोल राखेका थिए । जसमा अमेरिका भित्र नयाँ राजनीतिक पार्टीको आवश्यकता छ कि छैन भनेर सोधिएको थियो ।

शनिबारसम्म, संघीय निर्वाचन आयोगमा अमेरिका पार्टी नामको कुनै पनि नयाँ दल दर्ता भएको देखिएको छैन। एलन मस्कले सन् २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको लागि करिब २५० मिलियन डलर खर्च गरेका थिए।

चुनावपछिको ट्रम्प प्रशासनमा उनलाई ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसेन्सी’ को प्रमुख बनाइएको थियो । जसको जिम्मा संघीय बजेटमा कटौतीका उपायहरू पहिचान गर्नु थियो ।

तर मे महिनामा मस्कले प्रशासनबाट बाहिरिने निर्णय गरेपछि ट्रम्पसँगको सम्बन्ध चिसिएको हो । बाहिरिएपछि मस्कले ट्रम्पको कर र खर्च नीतिलाई खुलेर आलोचना गरे।

यो घटनाले अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ । तर मस्कको अमेरिका पार्टीले आगामी निर्वाचनमा कस्तो प्रभाव पार्नेछ भन्ने कुरा भने अझै अस्पष्ट नै रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com