इजरायली सेनाले शनिबार गाजामा गरेको हवाई आक्रमणमा १९ जना प्यालेस्टिनी मारिए


प्रकाशित मिति : असार २१, २०८२ शनिबार

गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी ‘वफा’ का अनुसार गाजा सहरको अल–जर्का क्षेत्रमा गरिएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

यसैगरी, गाजाको अस्कौला क्षेत्रमा रहेको एक विद्यालयमा गरिएको बम आक्रमणमा पाँच जनाको ज्यान गएको र आवासीय भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ ।

मध्य गाजामा रहेको अल–बुरेज शरणार्थी शिविरमा इजरायली ड्रोनले निशाना बनाउँदा दुई जनाको मृत्यु भएको छ । अल–माघाजी शिविरमा पनि आक्रमणपछि दुई जनाको शव अस्पतालमा ल्याइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, दक्षिण गाजाको खान युनूसस्थित अल–मवासी क्षेत्रमा विस्थापितहरू बसोबास गरिरहेको शिविरमा इजरायली आक्रमण हुँदा सात जना शहीद भएका छन् भने १० भन्दा बढी घाइते भएका छन् । आक्रमणमा एकजना बुबा र उनका छोराको पनि ज्यान गएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com