ट्रम्पको मेगाबिलले तपाईको ट्याक्समा कसरी फरक पार्छ?


प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार

person holding 100 US Dollar banknote

ट्रम्पको मेगा बिलले तपाइको ट्याक्समा कसरी फरक पार्छ भन्नेबारे जिज्ञासा छ भने यो सामाग्री तपाईहरुका लागि हो । यो बिलको मुख्य भाग करिब ४ ट्रिलियन डलरको कर कटौती हो जसले २०१७ मा रिपब्लिकनहरूले पारित गरेका कर कटौतीलाई विस्तार गर्दछ। यो विस्तार नभएको भए अधिकांश अमेरिकीहरूले कर वृद्धिको सामना गर्नुपर्ने थियो । तर यी कर कटौतीहरूका कारण यो बिलले आगामी दशकमा राष्ट्रिय ऋणमा ३ दशमलव ३ ट्रिलियन थप्नेछ ।

तपाईं संघीय आयकर तिर्नुहुन्छ भने मौजुदा कर कोष्ठक र दरहरू लगभग उस्तै रहन्छन्। सरकारले सात कर कोष्ठक भएको प्रगतिशील आयकर प्रणाली प्रयोग गर्दछ। यी कोष्ठकहरूमा १० प्रतिशतदेखि ३७ प्रतिशतसम्मको सीमान्त कर दरहरू छन्। बिलले ती कम दरहरूलाई स्थायी बनाउँछ, अन्यथा तिनीहरूमध्ये धेरै बढ्ने थिए, जसमा अधिकतम दर ३९ दशशमलव ६ प्रतिशत हुने थियो। यसले सबैभन्दा कम दुई कर कोष्ठकहरूलाई पनि थोरै विस्तार गर्दछ, जसले कम आय भएका करदाताहरूलाई मद्दत गर्दछ।

यदि तपाईं स्टाण्डर्ड डिडक्सन लिनुहुन्छ भने पनि तपाईंले बोनस पाउनुहुनेछ । २०१७ को कानून जसले स्टाण्डर्ड डिडक्सनलाई लगभग दोब्बर बनाएको थियो, यो वर्ष समाप्त हुनेवाला थियो। यो बिलले त्यो वृद्धिलाई स्थायी रूपमा विस्तार गरेको छ । २०२५ मा एकलका लागि ७५० र दम्पतीहरूको लागि १,५०० सय डलर थपेको छ । बढेको डिडक्सन त्यसपछि हरेक वर्ष मुद्रास्फीतिसँग समायोजन गरिनेछ। बिलले आफ्नो कर रिटर्नमा आइटमाइज डिडक्सन गर्नेहरूका लागि उपलब्ध विभिन्न कटौतीहरूलाई भने स्थायी रूपमा हटाउँछ।

तपाईं ६५ वर्ष वा सोभन्दा माथिको हुनुहुन्छ भने तपाईंले बोनस पाउन सक्नुहुन्छ। यो बिलले २०२५ देखि २०२८ सम्म ज्येष्ठ नागरिकहरूका लागि ६ डलरसम्मको कर कटौती सिर्जना गर्दछ। वार्षिक ७५ हजार डलर भन्दा बढी कमाउने एकल र १ लाख ५० हजार भन्दा बढी कमाउने दम्पतीहरूको लागि यो कटौती घट्छ। यो कर छुट स्टाण्डर्ड डिडक्सन लिनेहरूका साथै आफ्नो रिटर्नको आइटमाइज डिडक्सन गर्नेहरूका लागि पनि उपलब्ध छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यालिफोर्निया वा न्यूयोर्क जस्ता उच्च कर राज्यमा बस्नेहरुले ठूलो कर छुट पाउन सक्नुहुन्छ। यो बिलले तपाईंले आफ्नो संघीय कर रिटर्नमा कटौती गर्न सक्ने राज्य र स्थानीय करहरू, सम्पत्ति करहरू सहितको हालको सीमा १० हजारबाट बढाएर ४० हजार डलर पुर्‍याउँछ। यो सीमा वार्षिक ५ लाख भन्दा बढी कमाउनेहरूका लागि घट्छ भने २०३० बाट फेरि १० हजारमा फर्कनेछ।

तपाईं टिप लिने कर्मचारी हुनुहुन्छ भने तपाईंले कर छुट पाउन सक्नुहुन्छ। यो बिलले २०२५ देखि २०२८ सम्म टिपबाट प्राप्त आयका लागि २५ हजार डलर सम्मको कर कटौती थप्छ। यो कटौती वार्षिक १ लाख ५० हजारभन्दा बढी कमाउने एकल र ३ लाख भन्दा बढी कमाउने दम्पतीहरूको लागि क्रमशः घट्छ। यो कटौती दाबी गर्न सामाजिक सुरक्षा नम्बर आवश्यक पर्दछ।

तपाईं ओभरटाइम भुक्तानी पाउनुहुन्छ भने पनि तपाईंले कर छुट पाउन सक्नुहुन्छ। यो बिलले २०२५ देखि २०२८ सम्म योग्य ओभरटाइम ज्यालाका लागि एकलका लागि १२ हजार ५०० र दम्पतीहरूको लागि २५ हजार डलर सम्मको कर कटौती थप्छ। यो कटौती वार्षिक १ लाख ५० हजार भन्दा बढी कमाउनेहरूका लागि क्रमशः घट्छ। यद्यपि, केही प्रतिबन्धहरू छन् जसले गर्दा यो कर कटौती मुख्यतया घण्टाको हिसाबले काम गर्नेहरूलाई उपलब्ध हुन्छ। तलब लिनेहरुलाई उपलब्ध हुँदैन । यो कटौती दाबी गर्न सामाजिक सुरक्षा नम्बर आवश्यक पर्दछ।

तपाईं कार किन्ने योजनामा हुनुहुन्छ भने पनि खुसीको खबर छ । यदि तपाईंले आगामी चार वर्षभित्र गाडी किन्नुभयो भने तपाईंले अटो ऋणमा तिरेको ब्याजमा वार्षिक १० हजार डलरसम्म कटौती गर्न सक्नुहुन्छ। यदि तपाईंले एकलले वार्षिक १ लाख भन्दा बढी र दम्पत्तिका लागि २ लाखभन्दा बढी कमाउनुहुन्छ भने त्यो कटौती क्रमशः घट्छ। कार नयाँ हुनुपर्छ र अमेरिकामा अन्तिम असेंबली भएको हुनुपर्छ । गाडीहरूमा कार, मिनिभ्यान, भ्यान, स्पोर्ट युटिलिटी भेहिकल, पिकअप ट्रक र मोटरसाइकलहरू समावेश छन्। चार वर्षको योग्यता अवधि जनवरी १ मा सुरु भएर त्यसपछि गरिएका खरिदहरू कर छुटका लागि योग्य छन्। आफ्ना कटौतीहरूको आइटमाइज डिडक्सन नगर्नेहरूले पनि यसलाई दाबी गर्न सक्छन्।

मोर्गेजमा ब्याज तिर्नेहरुका लागि भने कटौती सीमा अझ बढी प्रतिबन्धात्मक रहनेछन् । यो बिलले तपाईंले घर मोर्गेज ऋणमा कटौती गर्न सक्ने मोर्गेज ब्याजको रकमलाई स्थायी रूपमा ७ लाख ५० हजारमा घटाउँछ। यसले घर इक्विटीमा ब्याजलाई समावेश गर्दैन, तर मोर्गेज बीमा प्रिमियमहरूलाई ब्याज जस्तै कटौती गर्न अनुमति दिन्छ।बिल नभएको भए यो सीमा बढ्ने थियो, जसले गर्दा तपाईंले प्राथमिक निवास र दोस्रो घरमा १ दशमलव १ मिलियनसम्म कटौती गर्न सक्नुहुन्थ्यो।

तपाईंले आँधी, आगलागी वा अन्य प्रकोपका कारण ठूलो क्षति भोग्नुभएको छ भने पनि कटौती सीमा अझ बढी प्रतिबन्धात्मक रहन्छ। यो बिलले अप्रत्याशित व्यक्तिगत दुर्घटना क्षतिको लागि कटौतीलाई स्थायी रूपमा संघीय रूपमा घोषित प्रकोपहरू र केही राज्य घोषित प्रकोपहरूबाट उत्पन्न हुनेहरूमा सीमित गर्दछ। आफ्ना कटौतीहरूको आइटमाइज डिडक्सन नगर्नेहरूले पनि यो कर छुट दाबी गर्न सक्छन्। आगो, आँधी, वा अन्य दुर्घटना वा चोरीसँग सम्बन्धित क्षतिहरू समावेश गर्ने विस्तारित कटौती २०२६ मा फर्कनेवाला थियो।

तपाईं परोपकारमा दान गर्नुहुन्छ भने तपाईंले कर छुट पाउन सक्नुहुन्छ। यो बिलले २०२६ देखि तपाईंले आफ्नो दानको १ हजारसम्म र दम्पतीहरूको लागि २ हजार डलरसम्म कटौती गर्न अनुमति दिन्छ । स्टाण्डर्ड डिडक्सन लिएपनि यो उपलब्ध हुनेछ । अहिलेसम्म भने तपाईंले आफ्नो करबाट दान कटौती गर्नको लागि आइटमाइज डिडक्सन गर्नुपर्छ । उच्च आय भएका व्यक्तिहरूले योग्य हुन अझ बढी दान गर्नुपर्छ।

वार्षिक ५ लाख भन्दा बढी कमाउनेले यो बिलका कारण थप कर तिर्नुबाट बच्नेछन् । २०१७ को कर कानूनको एक नियमले धनी परिवारहरूलाई वैकल्पिक न्यूनतम कर तिर्नुबाट जोगाएको थियो, जसको उद्देश्य कर क्रेडिट र कटौती प्रयोग गरेर करबाट बच्न रोक्नु थियो। त्यो नियम यो वर्ष समाप्त हुनेवाला थियो तर बिलले यसलाई स्थायी रूपमा विस्तार गर्दछ।

तपाईं व्यवसायको मालिक हुनुहुन्छ भने तपाईंले कर छुट पाउन सक्नुहुन्छ। २०१७ को कानूनले धेरै व्यवसाय मालिकहरूलाई यो वर्षको अन्त्यसम्म आफ्नो व्यवसायिक आयको २० प्रतिशतसम्म कटौती गर्न अनुमति दिएको थियो।बिलले त्यो कटौतीलाई स्थायी बनाउँछ।

तपाईं बन्दुकको मालिक हुनुहुन्छ वा किन्न विचार गर्दै हुनुहुन्छ भने तपाईंले अतिरिक्त शुल्क तिर्नबाट बच्न सक्नुहुन्छ। यो बिलले तपाईंलाई साइलेन्सर र केही बन्दुकहरू, छोटो ब्यारेल भएको राइफल वा शटगनहरू सहित हालको २०० डलर कर नतिरी किन्न अनुमति दिन्छ।

तपाईंका बच्चाहरू छन् भने तपाईंले आफ्नो कर छुट राख्न पाउनुहुनेछ र बोनस पनि पाउनुहुनेछ। यो बिलले बाल कर छुटलाई स्थायी रूपमा विस्तार गरेको छ र अर्को वर्षसम्म प्रति बच्चा २,२०० डलर पुर्याएको छ । र त्यसपछि मुद्रास्फीतिको लागि समायोजन गर्नेछ। यो छुट यस वर्षको अन्त्यमा प्रति बच्चा १,००० मा फर्कने तालिका थियो। कर छुट दाबी गर्न कम्तिमा एक अभिभावकसँग सामाजिक सुरक्षा नम्बर हुनुपर्छ । अहिलेसम्म बच्चाको मात्र सामाजिक सुरक्षा नम्बर भए पुग्ने व्यवस्था थियो ।

तपाई चाँडै बच्चा जन्माउने योजनामा हुनुहुन्छ भने तपाईंको बच्चाले बोनस पाउनेछ। सन् २०२५ को सुरुदेखि २०२८ को अन्त्यसम्म जन्मिने बच्चाहरूले १,००० डलर ूट्रम्प खातामा बोनस पाउनेछन्। तपाईं बच्चा धर्मपुत्र वा धर्मपुत्री राख्ने विचारमा हुनुहुन्छ भने तपाईंले पैसा फिर्ता पाउन सक्नुहुन्छ। नयाँ कानूनले धर्मपुत्र र धर्मपुत्री कर छुटलाई सन् २०२५ देखि ५,००० डलरसम्म आंशिक रूपमा फिर्ता योग्य बनाउँछ । र यसलाई मुद्रास्फीतिको लागि अनुक्रमित गरिनेछ। यसको मतलब यदि तपाईंले कर तिर्नुभएको छ भने यसले तपाईंको बिललाई घटाउनेछ, र कुनै पनि अतिरिक्त रकम फिर्ताको रूपमा भुक्तानी गरिनेछ।

तपाई चाँडै १५ मिलियन वा सोभन्दा बढीको सम्पत्ति वा व्यवसाय प्राप्त गर्दै हुनुहुन्छ भने तपाईंले त्यसको धेरै अंश राख्न सक्नुहुनेछ। १४ मिलियन भन्दा कमको सम्पत्तिहरू हाल करबाट मुक्त छन्। त्यो स्तर अर्को वर्ष ७ मिलियनमा झर्ने तय भएको थियो । तर यो बिलले यसलाई स्थायी रूपमा १५ मिलियनमा बढाउँछ र प्रत्येक वर्ष मुद्रास्फीतिको लागि समायोजन गर्छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com