किसानहरूको सिफारिसमा आप्रवासी श्रमिकलाई अमेरिकामा बस्न दिने ट्रम्पको संकेत


प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आयोवा राज्यको एक कार्यक्रममा आप्रवासी श्रमिकहरूका विषयमा महत्वपूर्ण अभिव्यक्ति दिएका छन्। उनले यदि किसानहरूले सिफारिस गरेमा ती आप्रवासी श्रमिकहरूलाई अमेरिकामा बस्न दिने प्रस्ताव गरेका छन्।

आयोवा राज्यको फेयरग्राउन्डमा आयोजित भेलामा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिकी कृषकहरूले आप्रवासी श्रमिकहरूमा निर्भर रहनुपर्ने बाध्यता बुझिरहेको बताए। उनले अमेरिकी डिपार्टमेन्ट अफ होेमल्याण्ड सेक्युरिटीसँग सहकार्य गरेर किसानहरूलाई आवश्यक सहयोग पुर्‍याउने बताएका छन्। साथै, होटल व्यवसायसमेत श्रम अभावको समस्याबाट प्रभावित भएको उल्लेख गर्दै सो क्षेत्रका लागि पनि सहयोग गर्न आफू तयार रहेको जनाएका छन्।

ट्रम्पले भने, “यदि कुनै किसानले ती व्यक्तिहरूको पक्षमा सिफारिस गर्छ भने, क्रिस्टी, मलाई लाग्छ हामीले त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ। हामी चाहँदैनौं कि सबै श्रमिकलाई खेतीबाट हटाइयोस्।”

राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिकी प्रशासनले आप्रवासनमा कडा नीति अवलम्बन गर्दै आएको छ। उनकी डिपार्टमेन्ट अफ होेमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई देश निकाला गर्ने अभियान सञ्चालन गरिरहेकी छन्। तर, यो अभियानका कारण खेतबारीमा काम गर्ने श्रमिकहरूको संख्या घट्दै गएको भन्दै कृषकहरूले असन्तोष व्यक्त गर्दै आएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कृषि उत्पादनमा गम्भीर असर पर्ने देखिएको अवस्थामा ट्रम्पको नयाँ अभिव्यक्तिले केही राहत दिने संकेत देखिएको छ। विशेष गरी आयोवा, मिसौरी, नेब्रास्का लगायतका कृषिमा आधारित राज्यहरूमा मौसमी श्रमिकको अभावले बाली भित्र्याउने काममै अवरोध भइरहेको छ।

ट्रम्पको प्रस्तावले राजनीतिक दृष्टिले आप्रवासन नीतिमा केही लचकता आउने संकेत गरे पनि व्यावहारिक कार्यान्वयनका लागि विस्तृत नियमावली र प्रक्रियाको खाँचो रहेको विज्ञहरू बताउँछन्।

यसैबीच, ट्रम्प प्रशासनले होटल तथा कृषि क्षेत्रका लागि काम गर्ने वैदेशिक श्रमिकहरूको आवश्यकतालाई ध्यानमा राख्दै वैधानिक उपायहरूबारे डिपार्टमेन्ट अफ होेमल्याण्ड सेक्युरिटीसँग छलफल थालेको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com