अमेरिकासँग व्यापार सम्झौताका लागि इयू तयार


प्रकाशित मिति : असार १९, २०८२ बिहीबार

युरोपेली सङ्घ ९इयू० अमेरिकासँग जारी कर विवाद समाधानका लागि ’सम्झौताका लागि तयार’ रहेको बताएको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको हितको रक्षाका लागि कुनै पनि सन्तोषजनक सम्झौता हुन नसक्ने सम्भावनाबीच पनि अमेरिकासँग वार्ताका लागि तयारी गरिरहेको बताएकी हुन ।

सम्झौताका लागि जुलाई ९ सम्मको समयसीमा रहेको उल्लेख गर्दै उनले इयू र अमेरिकाबीचको व्यापार १.५ ट्रिलियन युरो अर्थात ९१.७७ ट्रिलियन अमेरिकी डलर रहेको बताइन ।

“यो ठूलो काम हो,” यूरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा उन भनाइ उद्धृत गर्दै लेखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सैद्धान्तिक रूपमा एउटा सम्झौता’ मा पुग्ने लक्ष्यमा जोड दिँदै भोन डेर लेयेनले भनिन , “दुई पक्षबीच व्यापारको विशाल परिमाणको कारण यो छोटोे समयसीमाभित्र विस्तृत सम्झौतालाई अन्तिम रूप दिन असम्भव हुनेछ।”

उनले ‘वार्ता असफल भएमा इयूले प्रतिशोधात्मक कदम चाल्न नहिचकिचाउने पनि बताइन । हामी वार्ताबाट समाधान चाहन्छौँ’ ।

व्यापार र आर्थिक सुरक्षाका लागि युरोपेली आयुक्त मारोस सेफकोभिक हाल वासिङ्टनमा छन भने उनले सम्झौता गर्ने प्रयासमा अमेरिकी व्यापार प्रतिनिधिहरूसँग छलफल गरिरहेको बताइएको छ ।

यसैबीच, जर्मनीका चान्सलर फ्रेडरिक मर्जले पनि दुवै पक्षलाई ‘छिटो र सरल सम्झौता’ गर्न आग्रह गर्दै यस्तो सम्झौता फार्मास्युटिकल्स, इन्जिनियरिङ र अटोमोटिभ म्यानुफ्याक्चरिंग लगायत प्रमुख क्षेत्रका लागि महत्वपूर्ण रहेकोमा जोड दिएका छन ।

हाल अमेरिकाले इयूका कार र अटो पाट्र्समा २५ प्रतिशत र स्टिल र आल्मुनियमका उत्पादनहरूमा ५० प्रतिशत कर लगाएको छ ।

अमेरिकाले काठ, एयरोस्पेसका सामान तथा उपकरण, फार्मास्युटिकल्स, सेमीकन्डक्टर र महत्वपूर्ण खनिजहरू समावेश गर्न कर विस्तार गर्ने तयारी गरिरहेको बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com