कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि


प्रकाशित मिति : असार १९, २०८२ बिहीबार

अमेरिकी कर वृद्धिका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाब पर्न सक्ने विश्वव्यापी अनुमानबीच जुनमा अमेरिकी रोजगारी दरमा अपेक्षा गरिएभन्दा बढी रोजगारी थपिएको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रम विभागका अनुसार मे महिनामा एक लाख ४४ हजारको हाराहारीमा रहेको रोजगारी दरमा गत महिना एक लाख ४७ कायम भएको बताइएको छ ।

बेरोजगारी दर ४ दशमलव २ प्रतिशतबाट घटेर ४ दशमलव १ प्रतिशतमा झरेको छ भने तलब वृद्धि ० दशमलव २ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

कोभिड–१९ को महामारीपछि विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले तुलनात्मक रूपमा राम्रो वृद्धि देखेको छ । लचिलो रोजगारीको बजारले उपभोक्ताहरूलाई खर्च गरिरहन अनुमति दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टिल, आल्मुनियम र कारको आयातमा चर्को कर वृद्धिसहित अमेरिकी व्यापारिक साझेदारहरूमाथि लगाएको करले उपभोक्ताको भावनालाई तानेको छ र व्यापार अनिश्चिततालाई बढावा दिएको छ ।

यो विशेष गरी अमेरिकी राष्ट्रपतिको करवृद्धिको घोषणा गर्ने, त्यसपछि समायोजन गर्ने वा उपायहरू रोक्ने दृष्टिकोणले गर्दा फर्महरू लगानीमा सतर्क भएका छन् ।

सम्भवतः अर्को हप्तादेखि लागू हुने कर वृद्धिको अर्को श्रृङ्खलालाई मध्यनजर गर्दै विश्लेषकहरूले रोजगार बजारमा कमजोरीको सम्भावनाबारे निगरानी गरिरहेका छन् र फर्म तथा कम्पनीले थप भर्ती र रोजगारीका अवसर विस्तारबाट पछाडि हट्न सक्ने सङ्केत देखिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com