दलाई लामा भन्छन : पुनर्जन्म चिन्ने एकमात्र अधिकार भारतलाई, चीनको हस्तक्षेप अस्वीकार्य


प्रकाशित मिति : असार १८, २०८२ बुधबार

दलाई लामाले तिब्बती बौद्ध धर्मको भविष्यबारे धरमशालामा वरिष्ठ भिक्षुहरूसँग छलफल गरेका छन । उनले पुनर्जन्मबारे चीनको हस्तक्षेप अस्वीकार गर्ने बताएका छन ।

८९ वर्षीय तिब्बती आध्यात्मिक नेता दलाई लामाले भारतको हिमाली सहर धरमशालामा वरिष्ठ बौद्ध भिक्षुहरूको सम्मेलनमा आफूको आध्यात्मिक पदको भविष्य र त्यसलाई चीनको बढ्दो दबाबबाट कसरी सुरक्षित राख्ने भन्नेबारे छलफल गरेका छन ।

तीन दिने सम्मेलनमा पठाइएको रेकर्ड गरिएको भिडियो सन्देशमा उनले आफ्नो मृत्युपछि तिब्बती बौद्ध धर्मको सर्वोच्च पद ९दलाई लामा० अनिश्चिततामा पर्ने सम्भावनालाई सम्बोधन गरेका बताइएको छ । जुन समयमा चीनले आफूले रोजेको व्यक्तिलाई दलाई लामा बनाउने प्रयास गर्न सक्ने अनुमान गरिएको छ। यद्यपि उनले यसबारे विशेष योजना बताएनन ।

चीनले यो संस्थालाई प्रयोग गर्न सक्ने डरले दलाई लामा पद अन्त्य गर्ने विचार पहिला व्यक्त गरेका थिए । तर अब उनले स्पष्ट पारेका छन् कि पद कायम रहनेछ र पुनर्जन्मको प्रक्रिया अगाडि बढ्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दलाई लामाले भारतमा दर्ता गरिएको र उनीकै कार्यालय अन्तर्गत रहेको गदेन फोद्राङ ट्रस्टले पुनर्जन्म चिन्ने एकमात्र अधिकार राख्ने घोषणा गरेका छन । उनले यस मामिलामा अरू कसैलाई हस्तक्षेप गर्ने अधिकार नरहेको बताएका छन ।

तर चीनले भने यसको ठीक विपरीत दाबी गर्दै आएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले पुनर्जन्मको स्वीकृति केन्द्रीय सरकारले दिनुपर्छ भनेको छ। तिब्बतमा दलाई लामाको प्रभाव कम गर्ने प्रयास उक्त पार्टीले गरिरहेको छ ।

“१९६० र ७० को दशकमा दलाई लामाले यो संस्था अन्त्य गरिनु पर्छ भन्ने प्रस्ताव राखेका थिए। तर समयसँगै तिब्बती जनताको चाहना बुझेपछि उनले संस्थालाई निरन्तरता दिने निर्णय गरेका हुन ।

उनले भनेका छन “१४औं दलाई लामापछि १५ औं हुनेछ, अनि १६औं पनि।” यद्यपि, उनले चिनियाँ हस्तक्षेपबाट पुनर्जन्म प्रक्रिया कसरी सुरक्षित गरिने भन्नेबारे भने केही खुलाएनन्।

दलाई लामा सन् १९५९ मा चीनको सेनाले तिब्बतमा कब्जा गरेपछि भारततर्फ निर्वासनमा आएका थिए । त्यसयता धरमशालामा बसेका छन्। उनी तिब्बती स्वशासन र धार्मिक स्वतन्त्रताको पक्षमा विश्वभर आवाज उठाउँदै आएका छन्।

चीनले उनलाई ूविभाजनकारीू मान्दै आएको छ । उनको अनुपस्थितिमा तिब्बती धार्मिक संस्थाहरूलाई राज्यको नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

परम्पराअनुसार दलाई लामाको मृत्युपछि मात्रै नयाँ पुनर्जन्मको खोज सुरु हुन्छ । जसमा वर्षौं लाग्न सक्छ। यो अन्तरालमा चीनले हस्तक्षेप गर्न सक्ने डरले दलाई लामाको रणनीति निर्माणमा प्रभाव पारेको हो।

उनले सन् २०११ मा निर्वासित तिब्बती सरकारको राजनीतिक नेतृत्व त्याग गरेका थिए । जसले निर्वासित सरकारलाई लोकतान्त्रिक रूपमा बलियो बनाएको थियो।

दलाई लामाले अब स्पष्ट पारेका छन् कि उनको आध्यात्मिक पद जारी रहनेछ । पुनर्जन्म चिन्ने अधिकार भारतस्थित उनको ट्रस्टसँग मात्र रहनेछ।

चीनले यसबारे असहमति जनाए पनि तिब्बती समुदायले परम्परागत विधिमा विश्वास गर्ने सन्देश दलाई लामाले दिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com