अमेरिकामा दुई चिनियाँ नागरिक पक्राउ, जासुसी गरेको आरोप
प्रकाशित मिति : असार १८, २०८२ बुधबार
अमेरिकामा जासुसी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन ।
जासुसी गरेको र गुप्तचर सेवामा काम गर्न अमेरिकी नौसेनाका सदस्य भर्ती गर्न खोजेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।
आरोपित ३८ वर्षीय युन्स चेन र ३९ वर्षीया लिरेन लाई रहेका छन । चीन सरकारको एजेन्टको रूपमा काम गरेको अभियोगमा दोषी उनीहरु दोषी ठहरिएमा बढीमा १० वर्षको जेल सजाय हुने मन्त्रालयले जनाएको छ ।
ओरेगनको ह्याप्पी भ्यालीनिवासी चेन र गत अप्रिलमा पर्यटक भिसामा टेक्सासको ह्युस्टन आइपुगेका लाइलाई एफबीआईले शुक्रबार पक्राउ गरेको हो ।
एक आपराधिक उजुरीका अनुसार चेन र लाइले चीनको राज्य सुरक्षा मन्त्रालयको तर्फबाट अमेरिकामा धेरै गुप्तचर गतिविधिहरू गरेका थिए।
राष्ट्रिय सुरक्षा जानकारीको लागि नगद भुक्तान गर्ने र राज्य सुरक्षा मन्त्रालयको सम्भावित सम्पत्तिको रूपमा अमेरिकी नौसेनाका सदस्यहरूमा भर्ती गर्न खोजेको आरोप उनीहरूमाथि लगाइएको छ ।
महान्यायाधिवक्ता पामेला बोन्डीले विज्ञप्ति जारी गर्दै “यो घटनाले हाम्रो सेनामा घुसपैठ गर्न र हाम्रो राष्ट्रिय सुरक्षालाई भित्रबाट कमजोर पार्न चीन सरकारको निरन्तर र आक्रामक प्रयासलाई दर्शाउँछ ” भनेका छन ।
आपराधिक उजुरीअनुसार लाइले सन् २०२१ मा अमेरिकाका कानुनी स्थायी बासिन्दा चेनलाई राज्य सुरक्षा मन्त्रालयका लागि काम गर्ने जिम्मेवारीसहित भर्ती गरेका थिए ।
बुधबार यस घटनाबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले ‘तथाकथित चिनियाँ जासुसहरूको हाइपिङको विरोध गरेको’ बताएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले “हामी चिनियाँ नागरिकको कानुनी अधिकार र हितको रक्षाका लागि पनि आवश्यक कदम चाल्नेछौं ”भनेका छन ।








