अमेरिकाले भन्यो : इजरायल ६० दिनको युद्धविरामका लागि तयार


प्रकाशित मिति : असार १७, २०८२ मंगलबार

इजरायलले गाजामा ६० दिनको युद्धविरामका लागि सहमति जनाएको छ । युद्धविरामका लागि आवश्यक सर्तहरूमा इजरायलले सहमति जनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन ।

राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भने, ‘यस प्रस्तावित ६० दिनको युद्धविराम अवधिमा हामी सबै पक्षहरूसँग मिलेर युद्ध अन्त्यका लागि काम गर्नेछौं,’ तर उनले ती सर्तहरूबारे विस्तृत जानकारी भने दिएका छैनन्।

ट्रम्पले भने, ‘कतार र इजिप्टले, जसले शान्ति ल्याउन कडा मिहिनेत गरेका छन्, यस अन्तिम प्रस्तावलाई प्रस्तुत गर्नेछन्। मलाई आशा छ हमासले यो सम्झौता स्वीकार्छ, किनभने योभन्दा राम्रो प्रस्ताव उसले पाउनेछैन — यो झन् खराब मात्रै हुनेछ।’

इजरायलले गाजामा सन् २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि सैन्य अभियान शुरू गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त हमलामा करिब १ हजार २०० जनाको ज्यान गएको थियो। त्यसयता गाजामा कम्तीमा ५६ हजार ६४७ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले बताएको छ । हाल युद्धविरामका सर्तहरू के हुनेछन् र हमासले तिनलाई स्वीकार्नेछ कि छैन भन्ने कुरा प्रष्ट छैन ।

ट्रम्पको यो घोषणा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग अर्को हप्ता हुने भेटवार्ताअघि आएको हो । वार्तामा उनले आफू ूधेरै कडा रूपमा प्रस्तुत हुनेू बताएका छन्।

ट्रम्पले मंगलबार भने, ‘मलाई लाग्छ नेतान्याहू युद्ध अन्त्य गर्न चाहन्छन्। उनी चाहन्छन् भन्ने म भन्न सक्छु। मलाई लाग्छ हामीले अर्को हप्ता सम्झौता गर्नेछौं।’

यो घटनाक्रम इजरायलले गाजाको उत्तर भागमा थप सैन्य कारबाहीअघि नागरिकहरूलाई खाली गर्न आदेश दिएपछि आएको हो ।

यसअघि मार्चमा भएको युद्धविराम सम्झौता पनि असफल भएको थियो । त्यसपछि इजरायलले गाजामा पुन आक्रमण गरेको थियो ।

जनवरी १९ मा सुरु भएको अघिल्लो युद्धविराम सम्झौता तीन चरणमा बाँडिएको थियो । तर पहिलो चरणपछि नै टुंगिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com