एयर इन्डिया विमान दुर्घटनापछि उड्डयन सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गर्दै भारतीय सांसद


प्रकाशित मिति : असार १७, २०८२ मंगलबार

भारतको संसद अन्तर्गतको एक प्यानलले देशको नागरिक उड्डयन क्षेत्रमा सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गर्ने भएको छ।

आगामी जुलाई ९ मा आयोजना हुने बैठकमा एयर इन्डियाको हालैको विमान दुर्घटना, उड्डयन सुरक्षामा चासो, नियामक उल्लंघनहरू तथा यात्रु सुरक्षासम्बन्धी मुद्दाहरूमा विस्तृत छलफल गरिनेछ।

यो बैठक भारतको संसदको माथिल्लो सदन राज्यसभा अन्तर्गतको एक समितिद्वारा आयोजना गरिएको हो, जसले एयरपोर्ट सञ्चालकहरू, एयर ट्राफिक कन्ट्रोलरहरू तथा प्रमुख विमान सेवाहरू (एयर इन्डिया र इन्डिगो लगायत)का प्रतिनिधिहरूलाई आमन्त्रण गरिसकेको छ। रॉयटर्सले प्राप्त गरेको बैठकसम्बन्धी गोप्य ज्ञापनपत्र अनुसार, यात्रु सुरक्षाको समग्र मूल्याङ्कन गरिनेछ।

यो बैठक विशेषगरी जुन १२ मा एयर इन्डियाको बोइङ ७८७–८ विमान दुर्घटनापछि भएको हो। भारतको अहमदाबादबाट उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको विमानमा २४१ यात्रु सहित २६० जनाको ज्यान गएको थियो, जुन पछिल्लो दस वर्षको विश्वकै सबैभन्दा भयावह उड्डयन दुर्घटना हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। भारतको एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो र अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको संयुक्त टोलीले दुर्घटनाग्रस्त विमानको डेटा रेकर्डरबाट तथ्य संकलन गरिरहेको भारत सरकारले जनाएको छ।

प्यानलका सदस्य आर के चौधरीले भने, “यदि हामीले यस्ता घटनामा प्रश्न उठाएनौं भने, एयरलाइन्सहरू यस्ता गम्भीर विषयमा सचेत हुने छैनन्।” बैठकमा आन्तरिक छलफलमार्फत दुर्घटना विषयमा पनि कुरा गरिने उनले स्पष्ट पारे।

दुर्घटनापछि एयर इन्डिया निरन्तर नियामक दबाबमा परेको छ। भारतको उड्डयन नियामक निकायले एयर इन्डियालाई हालैका दिनहरूमा पाइलट ड्युटी समय व्यवस्थापनमा गम्भीर उल्लंघनहरू गरेको भन्दै चेतावनी दिएको छ।

त्यसैगरी, एयर इन्डियाका तीन वटा एयरबस विमानहरू नियमित सुरक्षा परीक्षण नगरी उडाइएको पाइएपछि पनि कम्पनीलाई अर्को चेतावनी दिइएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com