प्रधानमन्त्री शिनावात्राको राजीनामा माग गर्दै बैंककमा विशाल प्रदर्शन


प्रकाशित मिति : असार १५, २०८२ आईतबार

थाइल्यान्डको राजधानी बैंककमा हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।

उनीहरूले कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँगको टेलिफोन वार्ताको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री पैटोंगटर्न शिनावात्राको राजीनामा माग गरेका छन्।

यो प्रदर्शन सन् २०२३ मा फिउ थाई पार्टी सत्तामा आएपछिकै सबैभन्दा ठूलो मानिएको छ। सार्वजनिक भएको अडियोमा प्रधानमन्त्री पैटोंगटर्नले हुन सेनलाई “काका” भनेर सम्बोधन गरेकी छन्।

उनले सीमा विवाद समाधान गरिरहेका थाई सैन्य कमाण्डरलाई “कूल देखिन चाहने” र “कुनै उपयोगी कुरा नगरेको” भन्दै आलोचना गरेकी थिइन्। यस अडियोले थाई जनमानसमा ठूलो आक्रोश फैलाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त वार्ता सार्वजनिक भएपछि पैटोंगटर्न नेतृत्वको सत्तारुढ गठबन्धनको एक प्रमुख साझेदारले सरकार छोडेको छ। प्रधानमन्त्रीले यस विषयमा माफी मागेकी छन्, तर उक्त फोनवार्तालाई “कूटनीतिक रणनीति” भनेर बचाउ गरेकी छन्।

उत्तरी थाइल्यान्डको बाढी प्रभावित क्षेत्रको भ्रमण अघि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री पैटोंगटर्नले “शान्तिपूर्ण रूपमा प्रदर्शन गर्नु जनताको अधिकार हो” भन्नुभएको छ।

भीषण वर्षाका बाबजुद हजारौँ प्रदर्शनकारीहरूले बैंककको भिक्टोरी मन्युमेन्ट वरपरका सडकहरू अवरुद्ध गरेका थिए। उनीहरूले थाई झन्डा फहराउँदै “प्रधानमन्त्री राष्ट्रकी शत्रु हुन्” भन्ने नारासहितका प्लेकार्ड बोकेका थिए।

पर्नथेपका अनुसार धेरै थाई नागरिकहरूले प्रधानमन्त्री र उनका पिता थाक्सिन शिनावात्रालाई हुन सेनले चलाएको महसुस गरिरहेका छन्। पैटोंगटर्नले अबदेखि हुन सेनसँग भविष्यमा कुनै पनि फोनवार्ता नगर्ने बताएकी छन्।

३८ वर्षीया पैटोंगटर्न शिनावात्रा, अपदस्थ पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी हुन्। थाक्सिन १५ वर्षको निर्वासनपछि गत अगस्टमा थाइल्यान्ड फर्किएका थिए। पैटोंगटर्नले १० महिनाअघि मात्रै पदभार सम्हालेकी हुन् र उनी देशकी दोस्रो महिला प्रधानमन्त्री हुन्।

यो विवाद गत मे महिनामा एक कम्बोडियाली सैनिक थाई सीमामा मारिएपछि चुलिएको हो। यसले दुई देशबीचको सम्बन्ध लगभग एक दशक यताकै न्यूनतम बिन्दुमा पुर्‍याएको छ।

दुवै देशले एकअर्कामा आयात–निर्यातमा प्रतिबन्ध लगाएका छन्। कम्बोडियाले थाई खानपान, बिजुली, टेलिभिजन र चलचित्रहरूमा प्रतिबन्ध लगाएको छ।

तर, तीव्र राजनीतिक तनावका बाबजुद शिनावात्रा परिवार र हुन सेन परिवारबीचको मित्रता दशकौँ पुरानो छ। हुन सेन र थाक्सिन शिनावात्रा एकअर्कालाई “धार्मिक दाजुभाइ” भनेर सम्बोधन गर्ने गर्छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com