फ्लोरिडाको डिटेन्सन सेन्टरमा क्यानाडाली नागरिकको मृत्यु


प्रकाशित मिति : असार १४, २०८२ शनिबार

अमेरिकी अध्यागमन तथा सीमा सुरक्षा एजेन्सी (आइस) को हिरासतमा रहेका एक क्यानाडाली नागरिकको फ्लोरिडाको डिटेन्सन सेन्टरमा मृत्यु भएको छ। घटनापछि क्यानाडाली कूटनीतिक अधिकारीहरूले अमेरिकासँग थप जानकारी माग गरिरहेको बताएका छन्।

मृत्यु भएका व्यक्ति ४९ वर्षीय जनी नोभिएलो हुन्। उनी अमेरिकाका वैधानिक स्थायी बासिन्दा थिए। उनलाई सन् २०२३ मा भएको सङ्गठित अपराध र लागुऔषध तस्करीको दोषमा दोषी ठहर गरिएपछि डिपोर्टेसनको प्रक्रियाअन्तर्गत मियामीस्थित फेडरल डिटेन्सन सेन्टरमा राखिएको थियो।

आइस का अनुसार नोभिएलो अचेत अवस्थामा फेला परेका थिए। मियामी फायर रेस्क्यु विभागद्वारा घटनास्थलमै उनलाई मृत घोषित गरिएको थियो। हाल उनको मृत्युको कारणको अनुसन्धान भइरहेको आइस ले जनाएको छ।

आइस का अनुसार नोभिएलोले जनवरी १९८८ मा वैध भिसाका माध्यमबाट अमेरिका प्रवेश गरेका थिए। सन् १९९१ अक्टोबर २४ मा उनले स्थायी बासिन्दाको हैसियत पाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनलाई सन् २०२३ अक्टोबरमा फ्लोरिडाको भोलुसिया काउन्टी अदालतले अक्सीकोडोन र हाइड्रोकोडोन तस्करी तथा सङ्गठित अपराधको आरोपमा दोषी ठहर गरेको थियो। उनलाई १२ महिनाको जेल सजाय सुनाइएको थियो।

तर उनका वकिल ड्यानियल लिसिङका अनुसार नोभिएलोले सिर्जनशील व्यवहार र पूर्व सेवाका आधारमा १२५ दिन मात्रै जेल बस्नुपरेको थियो। वकिलले बताएअनुसार नोभिएलोले फेब्रुअरी महिनामा एक न्यायाधीशबाट सामुदायिक सेवा गर्ने अनुमति पाएका थिए।

आइस ले हिरासतमा रहेका आप्रवासीहरूले २४ घन्टा आपतकालीन स्वास्थ्य सेवाको पहुँच पाउने सुनिश्चित हुने बताएको छ। सबैको सुरक्षित र मानवतावादी वातावरणमा बसोबास गराउने प्रतिबद्धता एजेन्सीको रहेको आइस ले दाबी गरेको छ।

क्यानाडाली विदेशमन्त्री अनिता आनन्दले क्यानाडा सरकारले नोभिएलोको मृत्युबारे बिहीबार जानकारी पाएको बताइन्। उनले भनिन्, “क्यानाडाली कूटनीतिक अधिकारीहरू अमेरिकी अधिकारीहरूसँग तत्काल सम्पर्कमा छन् र थप जानकारी खोजिरहेका छन्।”

उनको परिवारको गोपनीयतालाई सम्मान गर्दै विस्तृत विवरण नदिइने पनि मन्त्रालयले जनाएको छ।

ग्लोबल अफेयर्स क्यानाडाले अमेरिकी निकायहरूसँग मिलेर कूटनीतिक अधिकारीहरूले घटनाको विषयमा जानकारी सङ्कलन गरिरहेको बताएको छ।

आइस का अनुसार, सन् २०२५ को अहिले सम्ममा हिरासतमा रहेका ८ जना आप्रवासीको मृत्यु भइसकेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com