इरानका मुख्य आणविक पूर्वाधारमा गम्भीर क्षति पुगेको सीआईए निर्देशकको दाबी, राष्ट्रपति ट्रम्प खुशी


प्रकाशित मिति : असार ११, २०८२ बुधबार

अमेरिकी सीआईएका निर्देशक जोन र्याटक्लिफले अमेरिकाले हालै इरानमाथि गरेको हवाई आक्रमणले इरानको मुख्य आणविक पूर्वाधारलाई ‘गम्भीर क्षति’ पुराएको बताएका छन ।

उनले अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई “वर्षौँ पछाडि धकेलेको” दाबी गरेका छन् ।

यो आकलन एक गुप्त अमेरिकी रक्षा खुफिया प्रतिवेदनबाट आएको फरक निष्कर्षसँग बाझिएको छ । लीक भएको प्रतिवेदनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रुद्ध बनाएको थियो।

राष्ट्रपति ट्रम्पले आक्रमणलाई “पूर्ण विनाश” भन्दै वर्णन गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘फेक न्यूज’ मिडियाले “झूट बोलेको” आरोप लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले रक्षा मन्त्री पिट हेगसेथसहित अधिकारीहरूले पेण्टागनमा ‘रोचक र असल प्रमाणसहितको’ पत्रकार सम्मेलन गर्ने बताएका छन्।

र्याटक्लिफले सीआईएको नयाँ र “ऐतिहासिक रूपमा विश्वसनीय स्रोत” बाट प्राप्त सूचनाका आधारमा नतन्ज, फोर्डो र इस्फहानमा रहेको इरानी आणविक पूर्वाधार “पूर्ण रूपमा पुनर्निर्माण गर्नुपर्ने” अवस्थामा पुगेको बताएका छन् ।

तर पेन्टागनको रक्षा खुफिया एजेन्सी बाट लीक भएको प्रारम्भिक रिपोर्टले भने अमेरिकी बमबारीले इरानको आणविक कार्यक्रमलाई “केवल केही महिनामात्रै पछि धकेलेको” बताएको छ ।

नयाँ स्याटेलाइट तस्वीरहरूले फोर्डो र इस्फहानमा आक्रमणका कारण बनेका ठूला खाल्डाहरू देखाएका छन् । तर गहिराइमा रहेका आणविक संरचनाहरू नष्ट भए नभएको पुष्टि भइसकेको छैन।

युनाइटेड नेशन्सको आणविक निगरानी संस्थाका प्रमुख राफाएल ग्रोसीले इरानले अत्यधिक संवर्धन गरिएको युरेनियम अन्यत्र सार्न सक्ने सम्भावनाबारे बताएका छन्।

इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बाघेईले आणविक पूर्वाधारमा गम्भीर क्षति पुगेको पक्का हो भनेर स्वीकार त गरेका छन तर थप विवरण भने दिएका छैनन् ।

नाटो शिखर सम्मेलनमा सहभागी ट्रम्पले इजरायल–इरान युद्धमा ूअत्यन्त प्रभावकारी मध्यस्थताू गरेको दाबी गरे।

इजरायली आणविक ऊर्जा आयोगको रिपोर्टले पनि फोर्डोमा भएको आक्रमणले “महत्वपूर्ण पूर्वाधार नष्ट” गरेको र इरानको आणविक कार्यक्रमलाई “धेरै वर्षपछि धकेलेको” उल्लेख गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com