बन्दुक समर्थक समूहद्वारा नयाँ कानूनको माग


प्रकाशित मिति : आश्विन २०, २०७४ शुक्रबार

संयुक्त राज्य अमेरिकामा शक्तिशाली बन्दुक समर्थक समूह न्यासनल राइफल एशोसियशन (एनआरए) ले लास भेगस गोलीकाण्डमा प्रयोग भएको ‘बम्प स्टक’ भनिने उपकरण सम्बन्धी थप नियमको आवश्यकता औंल्याएको छ।

लास भेगममा ५८ जनाको हत्या गरेका स्टिभन प्याडकले आफ्ना केही बन्दुकलाई ‘बम्प स्टक’ भनिने उपकरण प्रयोग गरेर स्वचालित बनाएका थिए।

एनआरएले भनेको छ, अर्ध स्वचालित राइफललाई पूर्ण स्वचालित बनाउन तयार गरिएको उक्त उपकरणको अतिरिक्त नियमन आवश्यक छ।

उसले बिहिबार नियामकहरुलाई ‘बम्प स्टक’ प्रविधि संघीय कानूनसँग तादातम्य राख्छ कि राख्दैन भन्ने समिक्षा तत्काल गर्न आग्रह गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जवाफ

उक्त घटना उद्धृत गर्दै एनआरएको वक्तव्यमा ‘अमेरिकी जनताले भविष्यमा कसरी दुखान्त घटना रोक्ने भन्ने प्रश्नको जवाफ खोजिरहेको’ उल्लेख छ।

वर्षौंसम्म बन्दुक नियन्त्रण प्रयत्न रोक्दै आएका रिपब्लिकनहरुले पनि उक्त उपकरणमाथि प्रतिबन्ध लगाउन सकिने बताएका छन्।

बीबीसीका निक ब्रायन्ट भन्छन्, “रिपब्लिकन सभामुख र अन्य बरिष्ठ नेताहरुले पनि थप नियमनको आग्रह गरेका छन्।”

अमेरिकी तल्लो सदनका रिपब्लिकन सभामुख पल रायनले आइतबारको गोलीकाण्डअघि ‘बम्प स्टक’बारे आफूलाई कुनै जानकारी नरहेको भन्दै कंग्रेसले उक्त मुद्दा हेर्नुपर्ने प्रस्तावको समर्थन गरेका छन्।

विधेयक‍‍‍‍‍

सांसदहरुले त्यसबारे बहस गर्ने योजना बनाएका छन्।

उक्त उपकरण बन्द गर्ने विधेयक बनाउने बताइएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त प्रविधिमाथि प्रतिबन्ध लगाउन विचार गर्न सक्ने जानकारी दिए।

उनले निश्चित छोटो समयको निम्ति त्यसमाथि प्रतिबन्ध लगाउनेबारे आफ्नो प्रशासनले विचार गरिरहेको संवाददाताहरुलाई बताएका छन्।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com