इरानमाथिको हवाई आक्रमणपछि प्रमुख अमेरिकी शहरहरूमा सुरक्षा कडा


प्रकाशित मिति : असार ८, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानमाथि गरिएको हवाई आक्रमणपछि अमेरिका भरिका प्रमुख शहरहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यो सिधा सैन्य हस्तक्षेपले वाशिंगटनको इजरायल र तेहरानबीचको द्वन्द्वमा भूमिका अझ गहिरो बनाएको छ । साथै, सम्भावित प्रतिकारका बारेमा चिन्ता बढाएको छ।

इरानले आइतबार बिहान अमेरिकी आक्रमणलाई ‘ओपरेसन मिडनाइट ह्यामर’ भनेर चिनाउँदै यो कदमले “सधैंका लागि परिणामहरू” निम्त्याउने चेतावनी दिएको छ। साथै, जवाफमा सबै विकल्पहरू खुला राखिएको समेत इरानले बताएको छ।

न्यूयोर्क, वाशिंगटन डीसी र लस एन्जलसका प्रहरीले धार्मिक स्थलहरू, कूटनीतिक कार्यालयहरू र सार्वजनिक स्थानहरूमा गस्ती र सुरक्षा व्यवस्था कडा पारेका छन्। अधिकारीहरूले हालसम्म कुनै विश्वसनीय खतरा नदेखिए पनि सतर्क रहन सबैलाई आग्रह गरेका छन्।

न्यूयोर्क प्रहरी विभागले शहरभरी थप प्रहरी खटाएको छ । साथै, अमेरिकी होमल्याण्ड सेक्युरिटी तथा अन्य संघीय निकायहरूसँग समन्वय गरी सम्भावित खतराहरूको निगरानी गरिरहेको छन्। धार्मिक, सांस्कृतिक, र कूटनीतिक स्थलहरूमा विशेष सुरक्षा प्रबन्ध गरिएको छ। न्यूयोर्क क्षेत्रमा इजरायल बाहिरकै सबैभन्दा ठूलो यहूदी समुदाय बसोबास गर्छ, जसको संख्या करिब १.४ मिलियन रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२००१ देखि नै न्यूयोर्क शहर प्रहरी विभाग र संघीय साझेदारहरूले शहरलाई लक्षित गरिएका करिब ३० आतंकवादी योजनाहरू असफल बनाएका छन्। यो प्रयासहरूले अमेरिकी सुरक्षा निकायहरूको सूचनासंग्रह, विदेशी साझेदारी, र त्वरित प्रतिक्रिया क्षमताहरूलाई एकीकृत गरेको छ।

न्यूयोर्क शहर प्रहरी विभागको इन्टेलिजेन्स ब्यूरोले १३ देशमा अन्तर्राष्ट्रिय समन्वय कार्यक्रम सञ्चालन गर्छ, जसमा इजरायलमा पनि अधिकारीहरू रहेको बताइएको छ। त्यस्तै, डिएचएसका तीन बौद्धिक विश्लेषकहरू न्यूयोर्क शहर प्रहरी विभागमा कार्यरत छन् जसले संवेदनशील जानकारी आदानप्रदान र संयुक्त खतरा विश्लेषणमा सहयोग पुर्याइरहेका छन्।

८५ भाषामा १,२०० भन्दा बढी भाषाशास्त्रीहरू सहित विदेशी भाषाशास्त्र कार्यक्रम सञ्चालनमा छ भने माइक्रोसफ्टसँग साझेदारीमा विकास गरिएको ‘डोमेन अवेयरनेस सिस्टम’ नामक वास्तविक-समय निगरानी प्रणाली प्रयोग भइरहेको छ।

वाशिंगटनको मेट्रोपोलिटन पुलिस डिपार्टमेन्टले इरानको घटनालाई नजिकबाट निगरानी गर्दै विभिन्न सरकारी निकायहरूसँग समन्वयमा छ। लस एन्जलसका मेयर क्यारेन बासले पनि सुरक्षा कडा पारिएको जानकारी दिँदै “लस एन्जलस प्रहरी विभागले पूजा स्थलहरू, सामुदायिक स्थलहरू र अन्य संवेदनशील स्थानहरूमा गस्ती बढाएको” बताइन् र सतर्क रहन आग्रह गरिन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com