अमेरिकाले इरानमाथि आक्रमण गर्नुको उद्देश्य के हो ? ट्रम्प प्रशासनले दियो यस्तो प्रतिक्रिया


प्रकाशित मिति : असार ८, २०८२ आईतबार

अमेरिकी रक्षामन्त्री पीट हेगसेथ । तस्बिर : रासस/ एपी

अमेरिकाले आइतबार इरानका तीनवटा प्रमुख आणविक साइटहरूमा लक्षित सैन्य आक्रमण गरेको छ। अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन अन्तर्गतको ‘अपरेसन मिडनाइट ह्यामर’ नामक उक्त गोप्य आक्रमणलाई शासन परिवर्तनका लागि नभएको स्पष्ट पारिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार यो कदम इरानको आणविक कार्यक्रमलाई पछाडि धकेल्न र क्षेत्रीय तनाव न्यूनीकरण गर्न गरिएको हो।

यो सैन्य अपरेसन वाशिंगटन र फ्लोरिडाको ट्याम्पास्थित अमेरिकी सेनाको मध्यपूर्वीय कमाण्ड केन्द्रका केही उच्च अधिकारीबाहेक अन्य कसैलाई जानकारी थिएन। ७ वटा बी-२ बमवर्षक विमानहरूले अमेरिकाबाट १८ घण्टा लामो उडान गर्दै इरान पुगेर १४ वटा ३०,००० पाउन्डका बंकर बस्टर बमहरू खसालेका थिए। संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनका अनुसार यस अभियानमा ७५ वटा सटीक लक्षित हतियार प्रहार गरिए, जसमा दुई दर्जनभन्दा बढी टोमहक मिसाइलहरू र १२५ भन्दा बढी सैन्य विमानहरू संलग्न थिए।

इरानका तीनवटा प्रमुख आणविक साइटहरू (जसमा फोर्डो संवर्धन केन्द्र मुख्य हो) पूर्ण रूपमा ध्वस्त भएको प्रारम्भिक रिपोर्ट आएको छ। अन्तरिक्षबाट समेत क्षति देखिने गरी आक्रमण गरिएको जनाइएको छ। यद्यपि, संयुक्त राष्ट्रसंघीय आणविक निरीक्षण निकाय (आइएइए) का प्रमुख राफाएल ग्रोसीले भने भूमिगत क्षतिको मूल्याङ्कन गर्न समय लाग्ने बताएका छन्।

इरानले अमेरिकाको आक्रमणको जवाफस्वरूप इजरायलको वाणिज्यिक केन्द्र तेल अभिवमा दर्जनौं मिसाइल प्रहार गरेको छ, जसमा कैयौं मानिस घाइते भएका छन् र धेरै भवनहरू ध्वस्त भएका छन्। तर, इरानले अझै अमेरिकी सैन्य बेसहरू वा खाडी क्षेत्र हुँदै जाने विश्वको एक चौथाइ तेल आपूर्तिमा बाधा पुर्‍याउने आफ्नो मुख्य धम्की कार्यान्वयन गरिसकेको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले पेन्टागनमा पत्रकारहरूसँग कुराकानी गर्दै भने, “यो अभियान शासन परिवर्तनको लागि होइन। हामीले आफैंलाई सुरक्षित गर्न यो कदम चाल्नुपर्‍यो।”

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एनबीसीसँगको अन्तर्वार्तामा भने, “अमेरिका इरानसँग होइन, इरानको आणविक कार्यक्रमसँग युद्धमा छ। हामी जमीनमा फौज पठाउने कुनै चाहना राख्दैनौं।”

जनरल केनका अनुसार इराक र सिरियालगायत क्षेत्रमा तैनाथ अमेरिकी फौजहरू उच्च सतर्कतामा छन्। “हामी कुनै पनि इरानी प्रतिशोध वा त्यसका प्रतिनिधि समूहका आक्रमणमा जवाफ दिन पूर्ण रूपमा तयारी अवस्थामा छौं”, उनले भने।

एक वरिष्ठ इरानी स्रोतका अनुसार, फोर्डो साइटबाट संवर्धित यूरेनियम अमेरिकी आक्रमण हुनु भन्दा पहिले नै गोप्य स्थानमा सारिएको थियो। फोर्डो नै इरानको सबैभन्दा उच्चस्तरीय संवर्धन केन्द्र हो, जहाँ ६० प्रतिशतसम्म संवर्धन गरिएको यूरेनियम उत्पादन हुने गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले आइतबार एक आदेश जारी गर्दै लेबननमा कार्यरत आपतकालीनबाहेकका अमेरिकी कर्मचारी र तिनका परिवारलाई फर्कन निर्देशन दिएको छ। “क्षेत्रीय सुरक्षा अवस्था अत्यन्त अस्थिर भएकाले सावधानी अपनाइएको हो”, आदेशमा भनिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com