नोबेल पुरस्कार सिफारिसको भोलिपल्टै इरानमा भएको अमेरिकी हमलाप्रति पाकिस्तानको आपत्ति


प्रकाशित मिति : असार ८, २०८२ आईतबार

पाकिस्तानले आइतबार छिमेकी मुलुक इरानमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएका बम आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। यो घटनाअघि पाकिस्तानले शनिबार ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गर्ने घोषणा गरेको थियो, जसले इस्लामाबादको धारणा तथा कूटनीतिक स्थिति प्रतिको प्रश्न उठाएको छ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै ट्रम्पको आदेशमा इरानी आणविक स्थापनामाथि गरिएका बमबारी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको उल्लेख गर्दै भन्यो, “इरानमाथिको निरन्तर आक्रमणले उत्पन्न तनाव र हिंसाको अवस्था गम्भीर चिन्ताको विषय हो। यदि यो तनाव अझै बढ्यो भने त्यसको असर सम्पूर्ण क्षेत्र मात्र नभई वैश्विक सुरक्षा वातावरणमा गहिरो प्रभाव पार्नेछ।”

मन्त्रालयका अनुसार अहिलेको संकट समाधानको एकमात्र उपाय कूटनीतिक संवाद र संयम हो। “हामी सबै पक्षलाई संयम अपनाउन र वार्ता मार्फत समाधान खोज्न आग्रह गर्दछौं”, वक्तव्यमा भनिएको छ।

आइतबार नै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरानका राष्ट्रपति मसउद पेझेश्कियनलाई टेलिफोन गरी अमेरिकी आक्रमणको पाकिस्तानले निन्दा गरेको जानकारी गराएका छन्। प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री शरीफले इरानी जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै यस आक्रमणलाई गम्भीर उत्तेजनात्मक कार्यका रूपमा वर्णन गरे।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, यसै साता पाकिस्तान सरकारले ट्रम्पलाई भारतसँगको चारदिने सशस्त्र द्वन्द्व अन्त्य गराउन खेलेको भूमिकाको प्रशंसा गर्दै नोबेल शान्ति पुरस्कारको लागि सिफारिस गर्ने निर्णय गरेको थियो। शनिबार जारी गरिएको विज्ञप्तिमा ट्रम्पलाई ‘साँचो शान्तिदूत’ भन्दै उनको “रणनीतिक दूरदृष्टि र उच्च दर्जाको राजकीय नेतृत्व” को प्रशंसा गरिएको थियो।

यस विरोधाभासबारे सोधिएका प्रश्नमा पाकिस्तानको सूचना मन्त्रालय र परराष्ट्र मन्त्रालयले कुनै जवाफ दिएका छैनन्।

आइतबार पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीमा हजारौं मानिसहरूले अमेरिकी र इजरायली आक्रमणको विरोधमा सडकमा उत्रिए। प्रदर्शनकारीहरूले ट्रम्पको तस्वीर रहेको ठूलो अमेरिकी झण्डा सडकमा राखेर कुल्चिए। उनीहरूले अमेरिका, इजरायल र पाकिस्तानको पारम्परिक प्रतिद्वन्द्वी भारतविरुद्ध नाराबाजी गरे।

प्रदर्शनकारीहरूका अनुसार अमेरिकाले इरानमाथि आक्रमण गरेर सम्पूर्ण मुस्लिम विश्वप्रति आक्रमणको संकेत दिएको छ। कराँचीका एक प्रदर्शनकारी मोहम्मद असलमले भने, “यो आक्रमण इरानमाथि होइन, इस्लाममाथि नै हो। हामी यसको कडा विरोध गर्छौं।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com