गाजाबाट थप ३ बन्धकको शव इजरायली सेनाको नियन्त्रणमा


प्रकाशित मिति : असार ८, २०८२ आईतबार

इजरायली सेनाले गाजामा हमास लडाकू समूहले अपहरण गरेको २० महिनाभन्दा बढी समयपछि तीन जना बन्धकको शव फेला पारेको आइतबार जनाएको छ।

“गाजा पट्टीबाट एउटा विशेष अपरेशनमा बन्धक बनाइएका ओफ्रा केइडार, योनातान सामेरानो र स्टाफ सार्जेन्ट शाय लेभिन्सनको शव फेला परेको सेनाले जनाएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा अपहरण गरी बन्धक बनाइएका आफ्ना छोरासहित उनीहरूको शब गाजाको किब्बुट्जमा हत्या गरिएपछि गाजामा ल्याइएको र इजरायली सेनाले नियन्त्रणमा रहेको मृतकमध्ये एकका पिताले बताए ।

उनले इन्स्टाग्राममा पोस्ट गरेको सन्देशमा ‘आइडिएफ (इजरायली सेना) र शिन बेट सुरक्षा सेवाका बहादुर लडाकूहरू’ प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीन सन्तानकी आमा ७१ वर्षीया केइडारलाई पनि अपहरण गरिएको थियो भने अक्टोबर ७ को बिहान हमाससँग प्रतिकार गर्ने क्रममा बन्धक बनाइएका १९ वर्षीय ट्याङ्क कमान्डर लेभिन्सनको पनि किब्बुट्जमा मृत्यु भएको थियो ।

सन् २०२३ को अक्टोबरमा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परी एक हजार २१९ जनाको मृत्यु भएको एएफपीले जनाएको छ ।

आक्रमणका क्रममा पक्राउ परेका २५१ बन्धकमध्ये ४९ जना अझै गाजामा रहेका छन्, जसमध्ये २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी कारबाहीमा कम्तीमा ५५ हजार ९०८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई भरपर्दो मानेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com