आक्रमणपछि ट्रम्पको थप चेतावनी – ‘इरानको भविष्य या त शान्तिमा, या त्रासदीमा’


प्रकाशित मिति : असार ७, २०८२ शनिबार

अमेरिकी सेनाले तीन इरानी आणविक तथा सैन्य स्थलहरूमा आक्रमण गरेपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्बिर : राससमार्फत एपी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति घोषणा गर्दै इरानका तीनवटा मुख्य आणविक स्थलहरूमा अमेरिकी सेनाले शक्तिशाली हवाई आक्रमण गरेको पुष्टि गरेका छन्। यस आक्रमणले अमेरिकी विदेश नीति र मध्यपूर्वमा स्थितिलाई थप तनावग्रस्त बनाएको छ।

ट्रम्पले चेतावनी दिए, “यदि इरानले शान्तिमा सहमति जनाएन भने, अझ घातक हमला हुनेछ।”

राष्ट्रपति ट्रम्पले टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै भने, “इरानका मुख्य आणविक प्रशोधन केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएका छन्। आक्रमण सैन्य हिसाबले अत्यन्त सफल रह्यो।”

उनले थपे, “इरानको भविष्य या त शान्तिमा छ, या त्रासदीमा।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले बताएका अनुसार, अमेरिकी सेनाले इरानका नताञ्ज, इस्फहान र फोर्डो नामक तीन प्रमुख आणविक साइटहरूमा हमला गर्‍यो। फोर्डो साइटमा छवटा बङ्कर बस्टर बम खसालिएको थियो भने अन्य केन्द्रहरूमा ३० वटा टोमहक मिसाइल प्रहार गरिएको थियो।

आक्रमणमा अमेरिकी बी-२ बमवर्षक विमानहरू आक्रमणमा प्रयोग गरिएका थिए । ट्रम्पले ट्रुथ सोसलमा लेखे, फोर्डोमा पूर्ण रूपमा बम वर्षा गरिएको छ। फोर्डो अब समाप्त भएको छ। फोर्डो साइट पहाडभित्र गाडिएको भएकाले, पूर्ण क्षतिको मूल्याङ्कन हुन केही दिन लाग्न सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्।

इरानी समाचार संस्था तस्नीमका अनुसार, “दुश्मनको हवाई आक्रमण” बाट फोर्डो साइटको केही भागमा क्षति पुगेको एक अधिकारीले पुष्टी गरेका छन् । तर, कोम क्षेत्रका सांसद मोहम्मद मनन रईसीले फार्स समाचार एजेन्सीलाई भने, “साइटमा गम्भीर क्षति पुगेको छैन।”

इरानको आणविक आयोगका अनुसार, “प्रशोधित युरेनियम पहिले नै अन्यत्र स्थानान्तरण गरिएको थियो, त्यसैले रेडियसनको खतरा छैन।” इरानको सरकारी प्रसारकका राजनीतिक उपप्रमुख हसन आबेदिनीले भने, “तीनवटै साइट केही समयअघि नै खाली गरिएका थिए।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com