इरानमा बम हमला गरेपछि राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन : अव शान्ति स्थापनाको समय आएको छ


प्रकाशित मिति : असार ७, २०८२ शनिबार

फोटो : एएफपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अव शान्ति स्थापनाको समय आएको बताएका छन । इरानका परमाणु तीन मुख्य केन्द्र फोर्दो, नताञ्ज र इस्फहानमाथि भएको अमेरिकी हवाई हमलापछि राष्ट्रका नाममा छोटो सम्बोधन गर्ने क्रममा ट्रम्पले यो घोषणा गरेका हुन ।

राष्ट्रपतिले हमलाको पुष्टि गर्दै भने ‘यी स्थानहरूको नाम वर्षौंदेखि सबैले सुनिरहेका थिए, जबदेखि इरानले यी विनाशकारी योजनाहरू तयार गरिरहेको थियो । आज हामी संसारलाई बताउन सक्छौं कि यी हमलाहरू शानदार र सफल भए।’

ट्रम्पले इरानलाई कडा सन्देश दिँदै भने, ‘अब इरानले शान्ति स्थापना गर्नैपर्छ । यदि उसले त्यो गरेन भने भविष्यमा हुने हमला अझै ठूलो र सजिलो हुनेछ।’

सम्बोधनमा ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जा मिन नेतन्याहू र इजरायली सेनाको भूमिका र समर्थनका लागि आभार व्यक्त गरे । उनले थपे कि अझै पनि धेरै केन्द्रहरू निशानामा छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले पेन्टागनमा हुने पत्रकार सम्मेलनमा अमेरिकी सैन्य अपरेशनबारे विस्तृत जानकारी दिइने बताए । राष्ट्रपतिले यो सम्बोधन ह्वाइट हाउसबाट जम्मा साढे तीन मिनेट गरेका थिए । जसमा हमलाको विशेष विवरण भने खुलाइएको थिएन।

संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष ड्यान केन अहिले ट्रम्पलाई इजरायल इरान द्वन्द्वका बीच सैन्य हस्तक्षेप गर्ने वा नगर्नेबारे प्रमुख सल्लाहकार बनेका छन् ।

उनीसँगै सीआईएका निर्देशक जोन र्याटक्लिफ र ट्रम्पद्वारा नियुक्त विशेष मध्यपूर्व शान्ति दूत स्टीभ विटकोफ पनि परामर्शमा सहभागी थिए।

इजरायली अधिकारीहरूले भविष्यमा हुने सैन्य कारबाही इरानको अमेरिकी हमलापछि आउने प्रतिक्रिया अनुसार तय गरिने बताएका छन् ।

हाल इजरायलले थप आक्रमण गर्ने वा नगर्ने भन्ने अझै स्पष्ट छैन । तर इजरायली अधिकारीहरूद्वारा दीर्घकालदेखि इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा ध्वस्त पार्नु अभियानको मुख्य उद्देश्य बताउँदै आइएको छ।

पछिल्लो समय केही उच्च इजरायली अधिकारीहरूले इरानी शासनलाई नै सत्ताच्युत गर्ने लक्ष्यसमेत रहेको बताएका छन्।

एक इजरायली अधिकारीले यसै साता भनेका थिए, “पूरा अपरेशनको आधार नै यही हो कि कुनै न कुनै समयमा अमेरिका पनि सहभागी हुनेछ।”

अब संसारको नजर इरानको प्रतिक्रियामा केन्द्रित छ । इरान प्रतिवादमा उत्रने छ वा ट्रम्पको भनाइ अनुसार अब शान्तिको समय सुरु हुनेछ । यस्ता प्रश्नहरूको जवाफ दिन अब केही दिन भने कुर्नुपर्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com