टर्कीका राष्ट्रपति भन्छन् – ‘इरान र इजरायलबीचको द्वन्द्व चाँडै पछि फर्कने स्थितिमा छैन’


प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान । तस्बिर : विकिपीडिया

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इरान र इजरायलबीचको बढ्दो द्वन्द्व चाँडै नै पछि नफर्कने (नो रिटर्न) को बिन्दुमा पुगेको बताएका छन् ।

इरान र इजरायलबीच आठ दिनदेखि युद्ध जारी छ । इजरायलले इस्लामिक गणतन्त्र इरान आणविक हतियार प्राप्त गर्ने सङ्घारमा रहेको भन्दै आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि व्यापक आक्रमण सुरु गरेको थियो।

“दुर्भाग्यवश, गाजामा भएको नरसंहार र इरानसँगको द्वन्द्व चाँडै नै नफर्कने बिन्दुमा पुगेको छ । यो द्वन्द्व जतिसक्दो चाँडो अन्त्य हुनुपर्छ”, एर्दोगानले भने, “यसको परिणामले यस क्षेत्र, युरोप र एसियालाई ‘धेरै वर्षसम्म’ असर गर्न सक्छ ।”

उनले भने, “यो अत्यावश्यक छ, थप विनाश, रक्तपात, नागरिक हताहत र भयानक विपत्ति आउनुभन्दा पहिले ‘ट्रिगर र बटन’ बाट औंलाहरू हटाउनु आवश्यक छ । यसले युरोप र एशियालाई आगामी धेरै वर्षहरूसम्म असर पार्न सक्छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इस्तानबुलमा आयोजित इस्लामिक सहयोग सङ्गठन (ओआइसी) को युवा मञ्चमा ओआइसीका विदेशमन्त्रीहरूको भेलाअघि उनले यस्तो टिप्पणी गरेका हुन् ।

इरानका विदेशमन्त्री अब्बास अराघची पनि सहभागी हुने भेलामा उनले भने, “इजरायलसँग जारी सङ्कटलाई दुई दिने वार्तामा उच्च प्राथमिकतामा राखिने बताइएको छ ।”

एर्दोगानले यसअघि जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको फोन वार्तामा युद्धले आप्रवासनमा वृद्धि हुनसक्ने चेतावनी दिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com