इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता पेस्कोभ


प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै पनि छलफललाई पूर्ण रूपमा अस्वीकार्य ठानेको बताएका छन् ।

“यो अकल्पनीय छ । निस्सन्देह, यसको बारेमा खुलेर कुरा गर्नु पनि अस्वीकार्य हुनुपर्छ”, पेस्कोभले तेहरानमा सम्भावित शक्ति परिवर्तनका बारेमा पश्चिमी बयानबाजीको जवाफमा बेलायती समाचार आउटलेट स्काई न्युजलाई भने ।

इजरायल र इरानबीचको प्रत्यक्ष द्वन्द्वमा कुनै पनि अमेरिकी संलग्नताले स्थितिलाई उल्लेखनीय रूपमा बढाउने र यस क्षेत्रलाई अस्थिर बनाउने उनले चेतावनी दिए ।

“स्थिति पहिले नै अत्यन्त तनावपूर्ण छ र यस क्षेत्रका लागि मात्र नभई विश्वव्यापी स्थिरताका लागि खतरा उत्पन्न भएको छ । द्वन्द्वको भूगोल विस्तार र सहभागीहरूको सङ्ख्या बढाउनु अझ खतरनाक हुनेछ”, उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेस्कोभले इजरायल–इरान द्वन्द्वमा अमेरिकी हस्तक्षेपले ‘पान्डोराको बाकस खोल्न सक्ने’ चेतावनी समेत दिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनलाई इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कहाँ छन् भन्ने थाहा भएको तर उनलाई हाल ‘उन्मूलन’ गर्ने योजना नभएको बताएका थिए ।

ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न पनि माग गरे । यद्यपि उनले इरानी लक्ष्यहरूमा इजरायली आक्रमणपछि वासिङ्टनको धैर्य ‘कमजोर’ भए तापनि सैन्य बल तैनाथ गर्नबाट बच्न रुचाउने बताए ।

पेस्कोभले इरानका सर्वोच्च नेतामाथि कुनै पनि सम्भावित हत्याको प्रयासप्रति रुसको प्रतिक्रिया तीव्र रूपमा नकारात्मक हुने बताए । “हामी यस्तो कार्यको कडा निन्दा गर्नेछौँ”, उनले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com