अमेरिकामा प्रहरी अधिकृतलाई गाडीले किचेर मारेको अभियोग लागेकी महिला निर्दोष ठहर


प्रकाशित मिति : असार ५, २०८२ बिहीबार

woman in gold dress holding sword figurine

अमेरिकामा प्रेमीलाई गाडीले किचेर हिउँमा छोडेको अभियोग लागेकी महिलालाई सफाई दिइएको छ ।

प्रहरी अधिकृत रहेका प्रेमीलाई गाडीले किचेर हिउँमा छोडेको अभियोग लागेकी करेन रिड नामकी महिलालाई दोस्रो श्रेणीको हत्या अभियोगमा निर्दोष ठहर गरिएको हो ।

यस घटनाले अमेरिका भरि ट्रू क्राइम चासो राख्ने दर्शक तथा स्रोतामाझ निकै ठूलो चर्चा पाएको थियो ।

४४ वर्षीया रिडलाई मादकपदार्थ सेवन गरेर गाडी चलाउने क्रममा मानिसको मृत्यु गराएको र घटनास्थलमा नै छोडेको अभियोगमा पनि दोषी नदेखिएको जनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, उनीलाई मादकपदार्थ सेवन गरी गाडी चलाएको अभियोगमा भने दोषी ठहर गरिएको छ।

जुलाई २०२४ मा भएको प्रारम्भिक मुद्दा प्रहरी अधिकारी जोन ओकीफको मृत्युसँग सम्बन्धित हो । यो मुद्धा निष्कर्षमा पुग्न नसकी टुंगिएको थियो ।

जूरीले कुनै निकास निकाल्न नसकेपछि निष्कर्षमा पुग्न सकेको थिएन । पुनः सुनुवाइमा रिडले पुनः निर्दोष भन्दै बयान दिएकी थिइन्। उनका वकिलहरूले उनलाई फसाइएको दाबी गरेका थिए।

निर्णय सार्वजनिक हुनेबित्तिकै अदालतबाहिर जम्मा भएको ठूलो भीडबाट चर्को जयजयकार सुनिएको थियो । धेरै मानिसहरूले रिडको गुलाबी रंगका कपडा लगाएका थिए ।

निर्णयपछि करेन रिडले आफ्ना वकिलहरूलाई अंगालो मारिन् र आँसु खसालिन् । बाहिर निस्किएपछि उनले समर्थकहरूसँग छोटो सम्बोधन गर्दै भनिन्
‘जोन ओकीफ’ का लागि न्यायको लडाइँ मैलेभन्दा कडा कसैले लडेका छैन।’

एक वर्षको परिक्षण अवधि तोकिएको छ । जसले गर्दा उनलाई कारावास सजायबाट जोगाइनेछ ।

करेन रिडको मुद्दाले अमेरिका भरि चर्चा पाएको थियो। उनका पिता विलियम रिडले ‘सत्य’ फैलाउन सहयोग गर्ने सबै सामग्री निर्माता लाई धन्यवाद दिए।

ओकीफ परिवार भने अदालती निर्णयपछि पनि कुनै प्रतिक्रिया नदिई अदालतबाट बाहिरिएको थियो। तर, मुद्दासँग सम्बन्धित केही साक्षीहरूले भने निर्णयलाई गम्भीर न्यायको चुँडिएको अवस्था भनेका छन्।

तिनीहरूले यो अभियोजन प्रक्रिया करेन रिड, उनका वकिलहरू र केही मिडिया संस्थाद्वारा फैलाइएको झूट र षड्यन्त्र सिद्धान्तहरूबाट प्रभावित भएको भनेका छन ।

करेन रिड विगतमा विश्वविद्यालयमा सहायक प्राध्यापक र इक्विटी विश्लेषकको रूपमा कार्यरत थिइन्।

उनी र जोन ओकीफ करिब दुई वर्षसम्म प्रेम सम्बन्धमा थिए । अभियोजन पक्षले उनीहरूको सम्बन्ध तनावपूर्ण बन्दै गएको दाबी गरेका थिए।

सन् २०२२ मा बोस्टन प्रहरी अधिकृत रहेका प्रेमीको हत्या करेन रिडले गरेको विश्वास गर्नेहरू र बचाउ पक्षले प्रस्तुत गरेको प्रहरी षड्यन्त्रको दाबीलाई खिसी गर्नेहरू भने अदालतको निर्णयपछि निराश र हतास भएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com