ट्रम्पद्वारा इरानमाथि आक्रमण गर्ने योजनालाई स्वीकृति, सेना आक्रमण आदेशको पर्खाइमा
प्रकाशित मिति : असार ५, २०८२ बिहीबार
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई स्वीकृति दिएका छन् ।
योजनालाई स्वकृति दिएपनि उनले आक्रमण गर्ने आदेश दिन बाकी रहेको छ । तर यसबारे अन्तिम निर्णय भने अझै लिइएको छैन ।
उच्च स्तरका अमेरिकी गोप्य सूचनाले ट्रम्पले तनाव घट्ने सम्भावना देखेपछि तत्काल हमला गर्न आदेश नदिएको बताएको छ ।
एक वरिष्ठ गोप्य स्रोतका अनुसार, ट्रम्पले फोर्डोमा रहेको भूमिगत युरेनियम परिसंस्करण केन्द्रलाई लक्षित गर्ने सम्भावित अमेरिकी आक्रमणको योजना अनुमोदन गरेका छन् ।
तर उनलाई इरान आफ्नो परमाणु कार्यक्रमबाट पछि हट्न सक्छ आशा रहेको छ ।
इरानका सर्वोच्च नेता आयातोल्ला अली खामेनी ले ट्रम्पले दिएको विनाशर्त आत्मसमर्पणको आदेशलाई पूर्ण रूपमा खारेज गरेका छन । इजरायली सेनाले इरानका क्षेप्यास्त्र स्थल र परमाणु केन्द्रमा थप आक्रमण जारी राखेको छ ।
अमेरिकाले दुई क्यारियर स्ट्राइक समूह मध्यपूर्व तर्फ पठाइसकेको छ। यो रक्षा अभियानले उच्च सतर्कता देखाउँछ । अमेरिकी राजदूतावासले इजरायलमा रहेका नागरिकहरूलाई सूचना जारी गरी त्यहाँबाट निकाल्ने योजना सार्वजनिक गरेको छ ।
वर्तमानमा कति नागरिक निक्लिन खोजिरहेका छन् वा सैन्य मद्दतीति उपलब्ध छ कि छैन, त्यो पुष्टि भएको छैन्।
मानवअधिकार समूहका अनुसार इजरायलको आक्रमणको परिणामस्वरूप ५८५ जनाको मृत्यु भएको छ । जसमा २३९ जना सामान्य नागरिक छन् ।
इरानले जवाफस्वरूप करिब ४०० क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । जसका कारण २४ आम नागरिकको मृत्यु भएको इजरायली अधिकारीहरुले जनाएका छन् ।
ट्रम्प–इरान तनाव अहिले चरममा पुगेको छ । सम्भावित युद्धकर्ता निर्णयको प्रभावले मध्यपूर्व मात्रै नभई विश्व समुदायमा समेत गहिरो प्रभाव पार्ने देखिन्छ ।








