न्युयोर्क सिटीका वर्तमान कम्प्ट्रोलर तथा मेयर उम्मेदबार ब्राड ल्याण्डर आइसबाट पक्राउ


प्रकाशित मिति : असार ३, २०८२ मंगलबार

फोटो क्रेडिट: आयमान सियाम/एनवाईसी नियन्त्रकको कार्यालय

न्यूयोर्क सिटीका कम्प्ट्रोलर तथा मेयरका उम्मेदवार ब्राड ल्याण्डरलाई अमेरिकी अध्यागमन आइसका मास्क लगाएका एजेन्टहरूले अधयागमन अदालतबाट बाहिर निस्कदै गर्दा पक्राउ गरेका छन् । अदालतबाट बाहिर निस्किरहेका एक व्यक्तिलाई साथ दिइरहेको अवस्थामा ल्याण्डरलाई आइसले पक्राउ गरेको हो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीले ल्याण्डरलाई कानून प्रवर्तनमाथि आक्रमण र संघीय अधिकारीलाई अवरोध गरेको आरोपमा पक्राउ गरिएको बताएकी छिन् । मंगलबार ल्याण्डर २६ फेडरल प्लाजामा अध्यागमन सुनुवाइहरू अवलोकन गर्न उपस्थित भएका थिए। मंगलबारको अध्यागमन अदालतको भ्रमण ल्याण्डरको पछिल्लो एक महिनामा तेस्रो भ्रमण थियो।

घटनाको भिडियो फुटेज अनुसार ल्याण्डर र उनको टोली एक आप्रवासीको साथमा हिँडिरहेका थिए, जसको मुद्दा अपीलको लागि स्थगित गरिएको थियो । त्यहीबेला ल्याण्डरलाई पक्राउ गरिएको थियो । सोही क्रममा उक्त आप्रवासी पनि पक्राउ परेका थिए ।

पक्राउको थप फुटेजमा ल्याण्डरले आप्रवास अधिकारीहरूलाई अवरोध नगरेको बताइरहेको देखिएको छ । आफू हलवेमा उभिएको र केबल न्यायिक वारेन्ट हेर्न माग गरेको ल्याण्डरले बताएका छन् । न्यायिक वारेन्ट माग्ने अमेरिकी नागरिकलाई पक्राउ गर्ने अधिकार नभएको ल्याण्डरले पक्राउका क्रममा बताएका थिए । त्यसपछि दुई मास्कधारी आइसका अधिकारीहरूले ल्याण्डरलाई भित्तामा धकेलेर हतकडी लगाएका थिए । उनलाई किन पक्राउ गरिएको हो भन्ने स्पष्ट भएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ल्याण्डरकी पत्नीले घटनापछि सामाजिक सञ्जालमा पोष्ट गर्दै २६ फेडरल प्लाजामा एक प्रतिवादीलाई आप्रवास अदालतबाट बाहिर लैजाँदा ब्राडलाई मास्कधारी एजेन्टहरूले लिएर आइसले हिरासतमा राखेको बताएकी छिन् । आइसले घटनाबारे कुनै टिप्पणी गरेको छैन ।

मेयरका अर्का उम्मेदवार जोहरान ममदानीले पक्राउको निन्दा गर्दै यो फासीवाद भएको र सबै न्यूयोर्कवासीले एक स्वरमा बोल्नुपर्ने बताएका छन् । उनलाई तुरुन्त रिहा गर्न समेत उनले माग गरेका छन् । अन्य डेमोक्र्याटहरुले पनि पक्राउको चर्को विरोध गरेका छन् । साथै ब्राडलाई तुरुन्त रिहा गर्न माग गरेका छन् । ल्याण्डरको पक्राउ मेयरको लागि डेमोक्र्याटिक प्राइमरीको ठीक एक हप्ता अघि भएको थियो। उनको प्रतिद्वन्द्वीहरूमा न्यूयोर्कका पूर्व गभर्नर एन्ड्र्यू क्युमो, ममदानी र अन्य समावेश छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com