बेलायती गाडीहरूमा लगाइँदै आएको आयात शुल्क घटाउने कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर


प्रकाशित मिति : असार २, २०८२ सोमबार

फोटो : एपी / रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती गाडीहरूमा लगाइँदै आएको आयात शुल्क घटाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन ।

राष्ट्रपति ट्रम्पले बेलायतबाट अमेरिका पठाइने गाडीहरूमा लगाइँदै आएको कर घटाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन । उनले गत महिनामा दुई देशबीच भएको ट्यारिफ सम्झौताको केही अंश लागू गर्नेछ।

क्यानडामा आयोजित जी ७ शिखर सम्मेलनमा बेलायती प्रधानमन्त्री कीर स्टारमरले यस कदमलाई “दुबै देशका लागि अत्यन्त महत्वपूर्ण दिन” भनेका थिए ।

यो कदम ट्रम्प प्रशासनद्वारा लगाइएका आयात करहरूका असरबाट बेलायती उद्योगहरूलाई जोगाउनका लागि गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि, सम्झौताले अधिकांश बेलायती सामानहरूमा १० प्रतिशत कर लागू गर्नेछ । इस्पात आयातमा लागेका शुल्कहरू हटाउने विषय भने अझै सम्बोधन गरिएको छैन।

यो सम्झौता ट्रम्प प्रशासनद्वारा यस वर्षको सुरुवातमा विभिन्न वस्तुहरूमा व्यापक कर लगाएपछि पहिलो पटक गरिएको घोषणा हो।

सोमबार हस्ताक्षर गरिएको आदेश अनुसार, बेलायतबाट अमेरिका पठाइने १ लाखसम्म गाडीहरूमा अब २५ प्रतिशत को सट्टा १० प्रतिशत मात्र कर लाग्नेछ । जुन गत मे महिनामा सहमत गरिएका सर्तअनुसार लागू हुनेछन ।

आदेशमा भनिएको छ कि इस्पात र एल्युमिनियमका लागि पनि यस्तै व्यवस्था तयार गरिनेछ । तर विवरण भने उल्लेख गरिएको छैन।

बेलायती सरकारका अनुसार, “हामी मुख्य इस्पात उत्पादनहरूमा ० प्रतिशत टारिफतर्फ प्रगति गर्ने प्रतिवद्धतासहित अघि बढिरहेका छौँ।” सम्झौतामा केही एयरोस्पेस उत्पादनहरूमा लाग्ने करहरू पनि हटाइने उल्लेख गरिएको छ।

प्रधानमन्त्री स्टारमरले यो सम्झौताले गाडी र एयरोस्पेस क्षेत्रमा राहत ल्याउने बताएका छन् । यसलाई ‘बेलायत–अमेरिकाबीचको बलियो सम्बन्धको संकेत’ भनेका छन् ।

राष्ट्रपति ट्रम्पले भने, “बेलायत राम्रोसँग सुरक्षित छ । किनभने म तिनीहरूलाई मन पराउँछु ।” मोटर निर्माता संघका प्रमुख कार्यकारी माइक हाउसले भने, “यो सम्झौताले धेरै निर्माताहरूलाई तुरुन्तै आपूर्ति पुनः सुरु गर्न सक्ने बनाउँछ।”

व्यापार मन्त्री जोनाथन रेनोल्ड्सले भने, “यो घोषणा दुवै सरकारबीच तीव्र गतिमा भइरहेको सहकार्यको परिणाम हो, जसले बेलायती व्यवसायहरूमाथिको भार घटाउनेछ।”

उनी भन्छन्, “अमेरिकी गाईको मासु र इथानोलमा कोटा कार्यान्वयनबारे संसदलाई चाँडै जानकारी दिइनेछ।”

बेलायतले २० प्रतिशत शुल्क लगाइँदै आएको अमेरिकी गाईको मासुमा टारिफ हटाउने सहमति दिएको छ ।

कोटा १ हजार मेट्रिक टनबाट १३ हजार मेट्रिक टन पुर्याउने भएको छ । यद्यपि बेलायती सरकारले खाद्य सुरक्षासम्बन्धी मापदण्डहरूमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com