न्यूयोर्कका मेयरले आइसलाई जेल परिसरमा फिर्ता ल्याउन दिएको अनुमतिमा न्यायाधीशको रोक


प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शनिबार

अमेरिकाको न्यूयोर्कका मेयर एरिक एडम्सले संघीय आप्रवासन अधिकारीहरू आइस लाई राइकरस द्वीपस्थित प्रमुख सहरको जेल परिसरमा फिर्ता ल्याउन दिएको अनुमति आदेशमाथि न्यायाधीशले रोक लगाएका छन् ।

न्यायाधीश मेरी रोसाडोले मेयर एडम्सको कार्यकारी आदेशमा अस्थायी रोक लगाउँदै प्रारम्भिक स्थगन आदेश जारी गरिन् ।

मेयर एडम्सले अमेरिकी ट्रम्प प्रशासनसँग व्यक्तिगत फाइदाको लागि आप्रवासन अधिकारीहरूलाई जेलमा फिर्ता ल्याउने सम्झौता गरेको हुनसक्ने भन्दै न्यायाधीश रोसाडोले यो आदेश जारी गरेकी हुन ।

शहर परिषद्का सदस्यहरूले अप्रिलमा दायर गरेको मुद्दामा मेयर एडम्सले ट्रम्प प्रशासनसँग “भ्रष्ट बार्गेन” गरेको आरोप लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी न्याय मन्त्रालयले उनीमाथिको आपराधिक मुद्दा फिर्ता गर्ने शर्तमा आइस लाई राइकर जेलमा फिर्ता ल्याउने सहमति भएको हो भन्ने दाबी गरिएको छ ।

न्यायाधीश रोसाडोले यस मुद्दामा परिषद् सदस्यहरू “कम्तीमा पनि एक देखिने लेनदेन देखाउन सफल भएका छन्” भनेर टिप्पणी गरिन्। मेयर एडम्सले आफूमाथिको आपराधिक मुद्दाको सन्दर्भमा ट्रम्प प्रशासनसँग कुनै सम्झौता नगरेको दाबी गर्दै आएका छन् ।

उनले भनेका छन् कि आइस फिर्ता ल्याउने निर्णयमा कुनै पनि हितको टकराव देखिन नदिने उद्देश्यले उनले पहिलो उपमेयर र्याण्डी मास्ट्रोलाई जिम्मेवारी सुम्पिएका थिए ।

तर न्यायाधीश रोसाडोले यो तर्क अस्वीकार गर्दै मास्ट्रो पनि मेयरकै प्रत्यक्ष मातहतमा रहेको र “उहाँलाई पूर्णतः स्वतन्त्र र निष्पक्ष भन्न सकिन्न” भन्ने बताइन्।

मास्ट्रोले जारी गरेको वक्तव्यमा भने, “यो कार्यकारी आदेश शहरमा अपराध गर्ने अन्तर्राष्ट्रिय गिरोहविरुद्ध कारबाही गर्नका लागि हो । यो आप्रवासीहरूको सुरक्षालाई खतरामा पार्ने होइन, उनीहरूको सुरक्षालाई सुनिश्चित गर्ने आदेश हो।”

सिटी काउन्सिल अध्यक्ष एड्रिएन एडम्सले यस निर्णयलाई “सार्वजनिक सुरक्षाको जित” भनेकी छिन्।

उनले भनेकी छन्, “न्युयोर्कवासीहरूले आफ्नो नागरिक अधिकारको रक्षा होस् भन्ने आशा गर्छन्, तर मेयर एडम्सले ट्रम्पको आइस सँग सम्झौता गरेर त्यो विश्वासमा धोका दिएका छन्, किनभने उनी स्वयं राजनीतिक रूपमा कमजोर भइसकेका छन्।”

राइकरस द्वीप न्युयोर्क सहरको सबैभन्दा ठूलो कारागार हो । यो लामो समयदेखि संघीय आप्रवासन अधिकारीहरूका गतिविधिको केन्द्र बनिरहेको छ । तर पछिल्ला वर्षहरूमा आप्रवासी अधिकारकर्मीहरू र शहर परिषद्का सदस्यहरूले त्यहाँ आइस को उपस्थिति हटाउन माग गर्दै आएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com