अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, ‘नो किङ्स’ समूह किन आक्रामक बनिरहेको छ ?


प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन भएका छन । ‘नो किङ्स’ समूहको आयोजनामा राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन भएका हुन ।

अमेरिका भर विभिन्न सहर तथा साना नगरहरूमा ट्रम्पविरुद्ध विरोध प्रदर्शनहरू भएका छन् । यी प्रदर्शनहरू ‘नो किङ्स’ नामक समूहले आयोजना गरेको हो ।

विरोधहरू वासिंगटन डीसीमा राष्ट्रपति ट्रम्पद्वारा आयोजित दुर्लभ सैनिक परेडसँग संयोग गरेर भएका थिए । यो परेड अमेरिकी सेनाको २५०औं वार्षिकोत्सव तथा ट्रम्पको जन्मदिनको अवसरमा आयोजना गरिएको थियो।

ट्रम्पको आप्रवासन नीतिको विरुद्ध लस एन्जलस र अन्य स्थानमा केही दिनदेखिका विरोध प्रदर्शनपछिको यो एक ठूलो प्रदर्शन हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यूयोर्क, फिलाडेल्फिया, ह्युस्टनजस्ता सहरहरूमा सांसद, श्रमिक नेताहरू र अभियन्ताहरूले अमेरिकी झन्डा र ट्रम्पविरुद्धका प्लेकार्डसहितका सभाहरुलाई सम्बोधन गरेका थिए ।

ट्रम्पले परेडमा विरोध जनाउनेहरूलाई ‘गंभीर बल प्रयोग’ द्वारा जवाफ दिइने चेतावनी दिएका थिए । आयोजकहरूका अनुसार सयौं स्थानमा प्रदर्शनहरू भएका थिए।
फिलाडेल्फियाको लभ पार्कमा भेला भएका नागरिकहरूले लोकतन्त्रको रक्षा गर्नुपर्ने भावना व्यक्त गरेका थिए ।

लस एन्जलसमा धेरै ठूलो संख्यामा प्रदर्शनकारीहरु देखिएका थिए । ट्रम्पले गभर्नर ग्याभिन न्युसमको इच्छा विपरित एक हप्ता अघि नै राष्ट्रिय सुरक्षा बल ‘नेशनल गार्ड’ पठाएका थिए । जसले स्थानीय अधिकारीहरूलाई आक्रोशित बनाएको थियो।

फेडेरल बिल्डिङ नजिकै प्रदर्शनकारी र राष्ट्रिय सुरक्षा बलबीच झडप भएको थियो । ‘नो किङ्सू नाम राष्ट्रपति ट्रम्पको अत्यधिक शक्तिको प्रयोगविरुद्ध संकेत हो।

परेडमा राष्ट्रपति ट्रम्पले हजारौं सैनिकहरूलाई सलामी दिए । दर्जनौं ट्याङ्कहरू, सैनिक सवारी साधनहरू, र मार्चिङ ब्याण्डसहितको भव्य कार्यक्रम थियो।

उनले छोटो सम्बोधन गर्दै भने ‘हाम्रा सैनिकहरू कहिल्यै हार्दैनन्। कहिल्यै आत्मसमर्पण गर्दैनन्। उनीहरू लड्छन्, लड्छन्, लड्छन्। अनि जित्छन्, जित्छन्, जित्छन्।’

कतिपय राजनीतिज्ञ र पूर्व सैनिक नेताहरूले यो परेडलाई राष्ट्रपति ट्रम्पको व्यक्तिगत घमण्डको महँगो प्रदर्शन भन्दै आलोचना गरेका छन्। अमेरिकी सेनाका अनुसार यसको लागत २५ देखि ४५ मिलियन डलर सम्म पर्न सक्छ।

तर कार्यक्रममा सहभागी केही मानिसहरूले भने सैनिकहरूलाई सम्मान दिनु आफ्नो प्रमुख उद्देश्य भएको बताएका छन्। यसअघि सन् १९९१ मा राष्ट्रपति जर्ज एच डब्ल्यु बुसले खाडी युद्धको जितको अवसरमा यस्तो परेड आयोजना गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com