लस एन्जलसको कार वाशमा आइसको छापा, दर्जनौं गिरफ्तार


प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार

अमेरिकाको लस एन्जलसस्थित एउटा कार वाशमा अमेरिकी आप्रवासन अधिकारीहरूले छापा मारेका छन । वेस्टचेस्टर ह्यान्ड वाश नामक उक्त कार वाश लस एन्जलस विमानस्थल नजिकैको ब्यस्त किनमेल क्षेत्रमा पर्छ ।

हरियो पोशाकमा आएका अधिकारीहरुलाई देखेपछि केही ग्राहकहरू अक्क न बक्क भएका थिए । केही कर्मचारीहरू डरले भागेका थिए ।

केहीजना कर्मचारीहरू पुछ्दै गरेको सवारी साधन पछाडि लुकेका थिए । अरू त पर्खाल नाघेर पनि भागेका थिए ।

केही कर्मचारीहरूलाई यूएस कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) का अधिकारीहरुले पिछा गर्दै पक्राउ गरेका थिए । छापापछि अर्को दिन अधिकारीहरू फेरी त्यहाँ पुगेर थप मानिसहरुलाई गिराफ्तार गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो छापा ट्रम्प प्रशासनको अवैध आप्रवासीमाथिको कडा कारबाहीको संकेत हो । चुनावी प्रचारमा राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘हिंसात्मक अपराध गर्ने गैर नागरिकहरूलाई प्राथमिकतामा डिपोर्ट गरिने’ बताएका थिए।

तर पछिल्ला हप्ताहरूमा प्रशासनले रणनीति परिवर्तन गर्दै दैनिक गिराफ्तारीको संख्या ६६० बाट बढाएर ३ हजार पुर्याउने प्रयास गरेको छ । त्यसका लागि अब अपराधी मात्र होइन, वैध काम गर्ने तर कागजपत्र नभएका आप्रवासीहरूलाई पनि लक्षित गर्ने प्रशासनको रणनीति देखिएको छ ।

ट्रम्पका शीर्ष सल्लाहकार स्टेफन मिलरले अधिकारीहरूलाई ‘ठूलो व्यवसायमा रेड गरेर जतिसक्दो धेरै गिराफ्तारी गर्नू आदेश दिएका बताइएको छ ।

कार वाशका मालिक मेहमेत आयडोगानले भने, ‘अधिकारीहरूले कुनै सोधपुछ नगरी सीधै हतकडी लगाएर मानिसहरूलाई लगे। उनीहरू केही गलत गरिरहेका थिएनन्। सबै मेहनती कामदार थिए।’

यसअघि पनि लस एन्जलसको फेशन डिस्ट्रिक्टमा रहेको थोक कपडा कम्पनीमा छापा परेको थियो । त्यहाँबाट एक दर्जनभन्दा बढी मानिसहरू गिरफ्तार भएको बताइएको छ ।

यी रेडपछि लस एन्जलसमा प्रदर्शनहरू सुरु भएका छन् । प्रदर्शनकारीहरूले आप्रवासीहरूको पक्षमा आवाज उठाउँदा संघीय अधिकारीहरूले फ्ल्यास बाङ र टियर ग्यास प्रयोग गरेका छन् ।

सहरकी मेयर करेन बास ले भनिन्, ‘अहिले लस एन्जलसका बासिन्दाहरूको मनमा अत्यधिक डर छ । अब कहिले, कहाँ रेड पर्छ भन्ने अन्दाज छैन।’

स्थानीय गैर नाफामूलक संस्थाहरूले घरबाहिर नजान सुझाव दिँदै खाद्यान्न किन्ने वा अन्य काममा सहयोग गर्न स्वयंसेवकहरू उपलब्ध गराएका छन् ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसम ले भने, ‘क्यालिफोर्निया पहिलो हो, तर यो यहीं रोकिने छैन। अन्य राज्यहरू पालोमा छन्।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com