अमेरिकाले आवश्यक नभएका दूतावास कर्मचारी र तिनका परिवारजनलाई इराकबाट हटाउदै


प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार

Defense Secretary Pete Hegseth arrives at the Pentagon, Monday, Jan. 27, 2025 in Washington. (AP Photo/Kevin Wolf)

सुरक्षा जोखिम बढेको भन्दै अमेरिकाले इराकको बग्दादस्थित आफ्ना गैर आवश्यक दूतावास कर्मचारी र तिनका परिवारजनलाई इराकबाट हटाउने प्रक्रिया सुरु गरेको छ ।

अमेरिकी सरकारी स्रोतहरूले हालको घटनाक्रमको कारण नबताइए पनि पछिल्ला दिनहरूमा इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता अल्झिएको देखिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका अधिकारीले भने, “हामी हाम्रा सबै दूतावासहरूमा आवश्यक कर्मचारी संख्या र सुरक्षाको मूल्यांकन निरन्तर गर्दै आएका छौं । पछिल्लो विश्लेषणको आधारमा हामीले इराकस्थित अमेरिकी मिशनको उपस्थिति घटाउने निर्णय गरेका हौं।”

राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता सम्भव नदेखिएको भन्दै आफू पहिलेभन्दा धेरै कम आशावादी भएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका चाहन्छ कि इरानले युरेनियम प्रशोधन बन्द गरोस्, जुन आणविक बम निर्माणका लागि प्रयोग हुनसक्छ । त्यसको सट्टामा इरानमाथिका आर्थिक नाकाबन्दीहरू फुकुवा गरिने प्रस्ताव गरिएको छ।

यसैबिच इरानी रक्षा मन्त्री अजीज नासिरजादेले यदि वार्ता असफल भए र ट्रम्पले सैनिक कारबाहीको आदेश दिए भने, इरानले अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै जवाफी कारबाही गर्ने चेतावनी दिएका छन् ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले मध्यपूर्वका अन्य देशहरू कुवेत र बहराइनमा रहेका अमेरिकी सैनिक परिवारजनको स्वेच्छिक प्रस्थानको पनि स्वीकृति दिएका छन्।

अमेरिकी कांग्रेसको समितिमा बोल्दै हेगसेथले भने, “हामीसँग पर्याप्त संकेतहरू छन् कि इरान यस्तो दिशातर्फ अघि बढिरहेको छ, जसले एक प्रकारको आणविक हतियार विकासजस्तो देखिन्छ।”

तर इरानले भने आफ्नो युरेनियम प्रशोधन कार्यक्रम शुद्ध रूपमा नागरिक ऊर्जाको उत्पादनका लागि भएको दाबी गर्दै आएको छ । उसले आणविक बम बनाउन खोजेको इन्कार गरेको छ ।

बेलायतको रॉयल नेभीअन्तर्गतको म्यारिटाइम ट्रेड अपरेसन्स संगठनले चेतावनी जारी गर्दै मध्यपूर्वमा बढ्दो सैन्य तनावले समुद्री व्यापारमा असर पुर्याउन सक्ने चेतावनी दिएको छ ।

अमेरिकी कर्मचारी हटाउने समाचार सार्वजनिक भएपछि तेलको मूल्यमा एकैचोटि ४ प्रतिशत भन्दा बढीको वृद्धि भएको थियो । किनभने क्षेत्रीय अस्थिरता आपूर्ति श्रृंखलामा असर गर्ने डर बढेको हो ।

हाल अमेरिकी रक्षा मन्त्रालयका अनुसार करिब २ हजार ५०० अमेरिकी सैनिकहरू इराकमा तैनाथ छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com