अष्ट्रियाको विद्यालयमा पूर्व विद्यार्थीले गराएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १० पुग्यो, १२ घाइते


प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार

अष्ट्रियाको ग्राज सहरमा रहेको ड्रेयरशुट्सेनगासे माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या कम्तीमा १० जना पुगेको छ । यो घटनालाई अष्ट्रियाको इतिहासमा सबैभन्दा घातक बन्दुक आक्रमण मानिएको छ।

प्रहरीका अनुसार उक्त विद्यालयका पूर्व विद्यार्थी २१ वर्षे आक्रमणकारीले घटना घटाएका थिए । घटनापछि विद्यालयको शौचालयमा गएर उनले आत्महत्या गरेका थिए।

अष्ट्रियाका गृहमन्त्री गेर्हार्ड कार्नरले दिएको जानकारी अनुसार घटनामा ६ महिला र ३ पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । थप एक घाइते महिलाको अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या १० पुगेको हो।

घटनामा १२ जना घाइते भएका छन् । जसमध्ये केहीको अवस्था गम्भीर छ। गृहमन्त्री कार्नरका अनुसार आक्रमणकारी ग्राज क्षेत्रका स्थानीय थिए । उनले ड्रेयरशुट्सेनगासे विद्यालयमा पढेका भए पनि पास भने गरेका थिएनन् । उनले प्रयोग गरेका दुई बन्दुक कानुनी रूपमा उनको नाममा दर्ता भएका देखिएको छ । उनीसँग हतियारको इजाजतपत्र पनि थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले आक्रमणकारी पहिले कुनै आपराधिक गतिविधिमा संलग्न नभएको बताएको छ । उनले पिस्टोल र सटगन प्रयोग गरेका थिए।

अष्ट्रियामा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । प्रधानमन्त्री क्रिस्टियन स्टोकरले घटनालाई ‘राष्ट्रिय विपत्ति’ भन्दै दुःख व्यक्त गरेका छन । उनले भने, ‘विद्यालय केवल पढाइको स्थान होइन, त्यो विश्वास, सुरक्षित महसुस र भविष्यको प्रतीक हो । आज त्यो ठाउँमै हिंसा भयो।’

विद्यालय नजिकै बस्ने एक दम्पती अस्ट्रिड र फ्रान्जले बताए अनुसार उनीहरूले झन्डै ३० देखि ४० राउन्ड गोली चलेको आवाज सुनेका थिए ।

फ्रान्जले थपे, “हामीले एक विद्यार्थी झ्यालबाट हाम फाल्ने तयारी गर्दै गरेको देख्यौं, तर उनी पछि फेरि भित्र फर्किए।”
यो घटना अष्ट्रियामा हालसम्मको सबैभन्दा घातक गोलीकाण्ड हो।

यसअघि २०२० मा भियानामा एक जिहादी आक्रमणकारीले चार जनालाई मारेर २३ जनालाई घाइते बनाएका थिए।

२०१६ मा नेन्जिङमा भएको एक कन्सर्टमा आक्रमणकारीले दुई जनाको हत्या गरेर आफूलाई पनि गोली हानेका थिए । जसमा ११ जना घाइते भएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com