भर्जिनियामा गोलीबाट मृत एकैपरिवारका ४ नेपालीको दाहसंस्कारका लागि गोफण्डमी


प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार

अमेरिकाको भर्जिनियामा मृत भेटिएका एकैपरिवारका ४ नेपालीको दाहसंस्कारका लागि गोफण्डमी सुरु गरिएको छ । एनआरएनए भर्जिनिया च्याप्टरले ५० हजार डलरको लक्ष्यसहित सुरु गरेको गोफण्डमीमा यो समाचार तयार पार्दासम्म झण्डै १२ हजार डलर संकलन भएको छ ।

भर्जिनियाको मनासस पार्कमा गत बिहीबार राति प्रहरीले ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र दुई बालबालिकालाई मृत फेला पारेको थियो । उनीहरु सबैजनालाई गोली हानिएको अवस्थामा मृत फेला पारिएको थियो । प्रहरीले यसलाई सम्भावित हत्या-आत्महत्या घटनाको रूपमा अनुसन्धान गरिरहेको छ।

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले कसले गोली चलाएको भन्नेबारे केही खुलाएको छैन । बिहीबार राति करिब १०:४० बजे लानाए लेनको ९४०० ब्लकमा रहेको तलको अपार्टमेन्टमा बोलाइएको र घटनास्थलमा पुग्दा चारै जनाको मृत्यु गोली लागेर भएको देखिएको प्रहरीले बताएको थियो । घटनास्थलमा एउटा बन्दूक फेला परेको थियो । प्रहरीले चारै जनालाई मनाससको मेडिकल एक्जामिनरको कार्यालयमा लगेको थियो । यद्यपी पोष्टमार्टम रिपोर्ट भने अझै सार्वजनिक गरिएको छैन ।

मृतक सन्तोष परियारको स्थायी घर गोरखाको पालुंगटार रहेको र झण्डै ८ बर्ष अगाडि अमेरिका पहिले काठमाडौंको बसुन्धरामा बस्दै आएको पारिवारिक श्रोतले जानकारी दिएको छ । सन्तोष र अन्जुबीच अन्तरजातीय विवाह भएको र उनीहरु भिजिट भिसामा अमेरिका आएपछि एसाइलम आवेदन दिएर अमेरिकामा नै बसेको जनाइएको छ । उनीहरुको एसाइलम आवेदन अहिलेसम्म पनि विचाराधिन नै रहेको थियो ।

उनीहरुका ८ बर्षकी छोरी र २ बर्षका छोरा अमेरिकामा नै जन्मेको पारिवारिक श्रोतको भनाई छ । प्रहरीले घटनाबारे सकृय अनुसन्धान भइरहेको परिवारलाई जानकारी दिएको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन । परिवारमा कुनै समस्या भएकोबारे आफूहरुलाई कुनै जानकारी नभएको परिवारका सदस्य सुवास परियारले खसोखासलाई बताएका छन् ।

“बेलाबेलामा फोनमा कुराकानी हुन्थ्यो । सबै ठीकठाक नै थियो । केही समस्या देखिएको थिएन । अचानक कसरी यस्तो भयो केही अनुमान गर्न सकिएन, ” सुवासले भने । उनले घटनाबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीसमक्ष अनुरोध गरेका छन् भने दाहसंस्कारका लागि आर्थिक रुपमा सहयोग गर्न अमेरिकामा रहेको नेपाली समुदायसँग अपिल गरेका छन् ।

सन्तोषको परिवार हालैमात्र मनासस पार्कमा बसाई सरेको थियो । उनीहरुका बच्चाहरु पनि रमाइलो गर्दै घरबाहिर खेलिरहेको देखिने गरेको छिमेकीहरुले बताएका छन् । तर अचानक चारैजना मृत भेटिएको घटनाले उनको परिवार र नेपाली समुदाय स्तब्ध बनेको छ । मृतक सन्तोष र अन्जुको अन्य परिवार नेपालमा नै रहेको र उनीहरुले परम्परागत रुपमा दाहसंस्कार गर्न चाहेको गोफण्डमीमा उल्लेख छ ।

संकलित रकम मृतक चार जनाको अन्त्येष्टि खर्च र दुखद क्षतिसँग सम्बन्धित कानुनी, यात्रा र अन्य बन्दोबस्ती आवश्यकताहरू सहित आवश्यक व्यवस्थाहरूमा खर्च गरिने जनाइएको छ । सन्तोष, अन्जु र उनीहरूका सुन्दर बच्चाहरूको जीवनको सम्मान गर्दै सहयोगको लागि अनुरोध गरिएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com