डिपोर्टको गति बढाउने ट्रम्प प्रशासनको तयारी, दैनिक गिरफ्तारी ३००० पुर्‍याउने लक्ष्य


प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार

ट्रम्प प्रशासन हालसम्मको डिपोर्टको गतिले सन्तुष्ट नरहेको देखिएको छ । उसले डिपोर्टलाई बढाउन छापा मार्ने क्रम बढाउने रणनीतिमा लागेको पाइएको छ ।

४ जुनका दिन मात्र आइसले २ हजार २०० व्यक्तिहरूलाई पक्राउ गरेको छ । जुन एकै दिनमा भएको सबैभन्दा ठूलो गिरफ्तारी हो ।

यीमध्ये सयौं व्यक्ति ‘अल्टरनेटिभ टु डिटेन्सन’कार्यक्रममा दर्ता थिए । यो कार्यक्रमले कम जोखिम भएका आप्रवासीलाई हिरासतमा नराखी निगरानीमा राख्ने अनुमति दिन्छ।

ह्वाइट हाउसका उपप्रमुख स्टीफन मिलरले हरेक दिन ३ हजार गिरफ्तारी पुर्‍याउने लक्ष्यमा रहेको बताएका छन । उनले यो कुरा मे महिनाको अन्त्यमा भनेका थि । उनी ट्रम्पको निर्वासन नीति निर्माणकर्ता मानिन्छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर ट्रम्प प्रशासनको सुरुवाती १०० दिनमा डिपोर्ट दर जो बाइडेनको अन्तिम वर्षको तुलनामा पनि कम नै देखिएको थियो।

सीमा नीति सम्हाल्ने अधिकारी टम होमनले मे अन्त्यमा भने, ‘हामी संख्याबाट सन्तुष्ट छैनौं। यसलाई बढाउनु पर्छ।’ उनले टोलीहरू बढाइएको र चाँडै ठूलो संख्यामा गिरफ्तारी हुने आशा गरिएको पनि बताएका छन ।

गत केही महिनामा आइसका प्रमुख निर्वासन अधिकारी केनेथ जेनालो — ले पदत्याग गरेका छन् । फेब्रुअरीमा पनि दुई शीर्ष अधिकारी र कार्यवाहक निर्देशक केलिब वितेलो सरुवातर्फ गएका थिए । यसलाई आइसले “संगठनात्मक सुधार” भनेको छ।

गृह सुरक्षा मन्त्रालयले लस एन्जलसमा पक्राउ परेका मध्ये केही यौन अपराध, चोरी र लागूपदार्थ सम्बन्धी अपराधमा दोषी ठहर भइसकेका थिए ।

तर स्थानीय आप्रवासी अधिकारकर्मीहरूले भने निर्दोष र गैर हिंसात्मक आप्रवासीहरूलाई पनि परिवारबाट छुट्याएर गिरफ्तार गरिएको बताएका छन् ।

यद्यपि ट्रम्पका आप्रवासन नीतिहरू धेरै अमेरिकीहरूबीच लोकप्रिय देखिन्छन् । तर केही समर्थकहरूले प्रयोग गरिएका तरिकाप्रति असन्तुष्टि भने जनाएका छन्।

फ्लोरिडाका राज्य सांसद इलियाना गार्सियाले एक्समा लेखिन्, ‘हामीले जुनका लागि मत दिएका थियौं, यो त्यो होइन।’

उनले थपिन्,’अपराध गर्ने आप्रवासीहरूलाई हटाउनु जरुरी छ, तर कानुनी प्रकृयामा रहेका र डरका कारण शरण खोजिरहेका मानिसहरूलाई यसरी मनोमानी रूपमा समात्नु अकल्पनीय हो।’

अमेरिकाभर डेमोक्रेट र रिपब्लिकन दुवै राज्यहरूमा हाल छापा मार्ने क्रम बढिरहेको छ । केही रिपब्लिकन राज्यहरूले त संघीय अधिकारीलाई प्रत्यक्ष सहयोगसमेत गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com