उत्तरी क्यारोलिनामा गोलीबारी : एकको मृत्यु, ११ जना घाइते
प्रकाशित मिति : जेष्ठ १८, २०८२ आईतबार
आइतबार उत्तरी क्यारोलिनाको पश्चिमी समुदायमा भएको गोलीबारीमा एक जनाको मृत्यु भएको छ । यस्तै, ११ जना घाइते भएका छन्।
कटाव्बा काउन्टी शेरिफको कार्यालयका अनुसार, घटना चार्लोटबाट करिब ५७ माइल उत्तरपश्चिममा रहेको माउन्टेन भ्यू समुदायको वाल्नट एकर्स ड्राइभमा रहेको एक घरमा मध्यान्ह् पौने एक बजे भएको हो।
शेरिफको कार्यालयका डेपुटीहरू र हिकोरी प्रहरी विभागका अधिकारीहरूले घटनास्थलमा पुगेर प्रतिक्रिया दिएका छन् । हालसम्म बाह्र जना पीडितहरूको रिपोर्ट गरिएको छ। तीमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर अवस्थामा छन्। अन्य धेरै पीडितहरू अझै अस्पतालमा उपचाररत छन्।
गोलीबारीको सम्बन्धमा कसैलाई पक्राउ गरिएको छैन। कटाव्बा काउन्टी शेरिफको कार्यालय, हिकोरी प्रहरी विभाग र उत्तरी क्यारोलिना राज्य अनुसन्धान ब्यूरोका विशेष एजेन्टहरूले संयुक्त रूपमा घटनाको अनुसन्धान गरिरहेका छन्।
शेरिफको कार्यालयले गोलीबारीको बारेमा कुनै पनि जानकारी भएका व्यक्तिहरूलाई सम्पर्क गर्न आग्रह गरेको छ।






