विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट नलिन विश्वभरका दूतावासलाई ट्रम्प प्रशासनको निर्देशन


प्रकाशित मिति : जेष्ठ १३, २०८२ मंगलबार

ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्न आवेदन दिने सबै विदेशी विद्यार्थीहरूको भिसा अन्तर्वार्ताका लागि नयाँ अप्वाइन्टमेन्टहरू स्थगित गरेको छ। प्रशासनले अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसा अन्तर्वार्ताका नयाँ अप्वाइन्टमेन्टहरू तत्काल रोक्न निर्देशन दिएको हो।

ट्रम्प प्रशासनले आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल (सोसल मिडिया) छानबिन गर्नुपर्ने कारण देखाएर तत्कालका लागि भिसा अन्तर्वार्ताहरू स्थगित गर्ने निर्णय गरेको हो। यसअघि पनि सामाजिक सञ्जालको छानबिन हुँदै आएको भए तापनि अब अलि कडा रूपमा छानबिन गर्ने योजना प्रशासनले बनाएको देखिन्छ।

यो निर्देशन मङ्गलबार जारी गरिएको थियो र यसमा विदेशमन्त्री मार्को रुबियोले हस्ताक्षर गरेका छन्। यो निर्देशन कार्यान्वयनमा आएमा विद्यार्थी भिसाको प्रक्रिया अत्यन्तै ढिलो हुने सम्भावना छ।

भिसामा हुने ढिलाइले विदेशी विद्यार्थीहरूमा निर्भर रहेका विश्वविद्यालयहरूलाई आर्थिक रूपमा समस्या पर्नेछ। एफ, एम र जे श्रेणीअन्तर्गतका विद्यार्थी तथा एक्सचेन्ज भिसाअन्तर्गतका नयाँ अन्तर्वार्ताहरू थप नगर्न दूतावासहरूलाई प्रशासनले निर्देशन दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिसा अन्तर्वार्ताको क्रममा यसअघि पनि सामाजिक सञ्जाल जाँच गरिएको थियो। तर ती प्रायः गाजामा इजरायलको कारबाहीको विरोधमा प्रदर्शनमा सहभागी भए नभएकोमा मात्रै केन्द्रित रहेको थियो। पछिल्लो निर्देशनमा भविष्यमा के कसको सामाजिक सञ्जाल जाँच गरिने स्पष्ट रूपमा उल्लेख छैन। तर यसले आतङ्कवादी विरुद्ध तथा यहूदी विरोधको विरुद्धमा जारी कार्यकारी आदेशहरूलाई सङ्केत गरेको छ।

थुप्रै स्टेट डिपार्टमेन्ट अधिकारीहरूले पहिलेको मार्गनिर्देशन अस्पष्ट भएको भन्दै निजी रूपमा गुनासो गर्दै आएका थिए। जस्तै, कसैले एक्स (पहिले ट्विटर) मा प्यालेस्टिनी झन्डाको फोटो राख्दा थप जाँचमा पर्नुपर्छ कि पर्दैन भन्ने विषय स्पष्ट थिएन।

प्रशासनले विशेष गरी हार्वर्ड जस्ता प्रतिष्ठित संस्थालाई अत्यधिक उदारवादी भएको आरोप लगाउँदै लक्षित गर्दै आएको छ, जुन उनीहरूका अनुसार यहूदी विरोध फैलाउने स्थान बनेका छन्। साथै, कडाइका साथ लागू भइरहेको आप्रवासन नीतिअन्तर्गत धेरै विद्यार्थीहरू पनि प्रभावित भएका छन्।

विदेशी विद्यार्थीहरूको पक्षमा वकालत गर्ने संस्था एसोसिएसन अफ इन्टरनेसनल एजुकेटरले यस निर्णयको कडा आलोचना गरेको छ। उक्त संस्थाले अन्तर्राष्ट्रिय विद्यार्थीहरू देशका लागि खतरा नभएको बरु उनीहरू यो देशका लागि एक महत्त्वपूर्ण सम्पत्ति भएको बताएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com