ट्रम्पले ५० प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएपछि युरोपेली संघको गम्भीर आपत्ति


प्रकाशित मिति : जेष्ठ ११, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युरोपेली संघका सामानहरूमा ५० प्रतिशत भन्सार कर लगाउने प्रस्ताव ल्याइएपछि युरोपेली संघ तथा त्यसका सदस्य राष्ट्रहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यस्तो प्रकारको दबावले दुई पक्षबीचको व्यापार सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत युरोपेली संघले व्यापारमा अमेरिकामाथि अनुचित लाभ उठाएको आरोप लगाउँदै सन् २०२५ जुन १ बाट लागू हुने गरी ५० प्रतिशत भन्सार कर सिफारिस गरिएको बताएका थिए ।

वर्तमान अवस्थामा दुवै पक्षबीच व्यापारसम्बन्धी वार्ता निष्क्रिय अवस्थामा रहेको छ। अमेरिकाले युरोपेली बजारमा अमेरिकी व्यवसायका लागि खुलापन माग गरिरहेको छ भने युरोपेली संघले आपसी हितमा आधारित सम्झौताको पक्ष लिँदै आएको छ।

युरोपेली आयोगका व्यापार तथा आर्थिक सुरक्षा सम्बन्धी आयुक्त मारोस सेफ्चोभिकले सामाजिक सञ्जालमा लेख्दै युरोपेली संघ आफ्ना स्वार्थको संरक्षण गर्न पूर्ण रूपमा तयार रहेको बताए । उनले लेखे, “दुई देशबीचको व्यापार आपसी सम्मानमा आधारित हुनुपर्छ, न कि धम्की र दबाबमा। हामी दुवै पक्षका लागि लाभदायक सम्झौता गर्न इमान्दार प्रयत्न गरिरहेका छौं।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युरोपेली संसदको अन्तर्राष्ट्रिय व्यापार समितिका अध्यक्ष बर्न्ड लांगेले भने, “हामी छिट्टै अमेरिकाको भ्रमणमा जाँदैछौं, जसबाट युरोपेली संघको व्यापार नीति सम्बन्धमा भएका केही भ्रमहरू हटाउन सकिनेछ।”

उनले थप भने, “यदि राष्ट्रपति ट्रम्प वार्ता र सहकार्य चाहनुहुन्छ भने युरोप सधैं तयार छ। तर यदि उहाँ केवल आफ्नो चाहनालाई हामीबाट अनुमोदन गराउन चाहनुहुन्छ भने, त्यो मार्ग उपयुक्त हुने छैन।”

आयरल्याण्डका प्रधानमन्त्री मिचेल मार्टिनले ट्रम्पको घोषणालाई अत्यन्त निराशाजनक भनेका छन्। उनले यस्तो किसिमको करले विश्वकै एक प्रमुख व्यापारिक सम्बन्धमा गम्भीर क्षति पुर्याउने र अन्तर्राष्ट्रिय बजारमा अस्थिरता ल्याउने चेतावनी दिए ।

फ्रान्सका वैदेशिक व्यापार सम्बन्धी राज्यमन्त्री लोरेन्ट सैंट–मार्टिनले समेत ट्रम्पको चेतावनी वार्ताको यो चरणमा सहयोगी नहुने भन्दै टिप्पणी गरे । उनले युरोपेली संघले द्वन्द्व चर्काउने प्रयास नगर्ने स्पष्ट पार्दै आवश्यक परे उचित प्रतिकारात्मक उपायहरू अवलम्बन गरिने बताउनुभयो।

जर्मनीकी अर्थ तथा उर्जा मन्त्री काथरिना राइखले भने, “भन्सार करको झगडाले कसैको पनि जित हुँदैन। यस्तो कदमले अमेरिका र युरोप दुवैलाई समान रूपमा हानि पुर्‍याउँछ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com