अमेरिकाको टेक्सासमा दादुराको संक्रमण घट्दै, अन्य राज्यमा जोखिम यथावत


प्रकाशित मिति : जेष्ठ १०, २०८२ शनिबार

person in white long sleeve shirt holding silver and black tube type mod

अमेरिकाको टेक्सासमा फैलिएको दादुराको महामारी बिस्तारै घट्दै गएको छ । तर अन्य राज्यहरूमा भने संक्रमण बढिरहेको छ। स्वास्थ्य अधिकारीहरूले खोप दर घटिरहँदा अमेरिकामा दादुराको उच्च दरले महामारी अझै गम्भीर बनाउन सक्ने चेतावनी दिएका छन्।

लुबक, टेक्सासमा केही दिनयता नयाँ संक्रमित फेला नपरेको स्थानीय स्वास्थ्य विभागका निर्देशक क्याथरिन वेल्सले बताइन्। उनले दादुराको प्रकोप अन्त्य भएको घोषणा गर्न कम्तीमा ४२ दिनसम्म नयाँ संक्रमित नदेखिनु जरुरी हुने बताइन्।

बायलर कलेज अफ मेडिसिनका प्रोफेसर एन्थोनी मारेसोले टेक्सासका १५ सहरमा फोहोरपानी विश्लेषणमार्फत संक्रमणको निगरानी गरिरहेको बताए। उनले लुबक र एल पासोमा संक्रमण घट्ने संकेत देखिएको बताएका छन्।

तर उनले “यसको अर्थ खतरा सकिएको होइन। हामी अझै एल पासो र अन्य केन्द्रीय राज्यहरूमा दादुराका नयाँ संक्रमणहरू देखिरहेका छौँ। एउटा संक्रमित व्यक्तिले गाडीमा यात्रा गरेर अरू ठाउँमा संक्रमण फैलाउन सक्ने सम्भावना रहेको उनको भनाइ छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टेक्सासमा हालसम्म ७२८ संक्रमित फेला परेका छन्। तीमध्ये २ जना बालबालिकाको मृत्यु भएको छ र ९४ जनालाई अस्पतालमा भर्ना गर्नु परेको छ। न्यू मेक्सिकोमा ७६ जनामा संक्रमण देखिएको छ, त्यहाँ एकजनाको मृत्यु भएको छ।

कन्सासमा ५८ जनामा संक्रमण देखिएको छ भने ओक्लाहोमामा १७ जनामा संक्रमण देखिएको छ। अमेरिकाभर अहिलेसम्म १ हजार २४ जनामा दादुराको संक्रमण देखिएको छ। सन् २००० मा दादुरा निर्मूल घोषणा भएयता २०२५ दोस्रो सबैभन्दा खराब वर्ष बनेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

एल पासोमा करिब दुई तिहाइ संक्रमण वयस्कहरूमा देखिएको छ। स्वास्थ्य अधिकारीहरूले सबैलाई खोप लगाउन वा बुस्टर डोज लिन सल्लाह दिएका छन्। तर अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ केनेडी जुनियरले दादुरा खोपबारे गलत सूचना फैलाउँदै आएका छन्।

सेनेटर क्रिस मर्फीले मे १४ मा भएको बजेट सुनुवाइमा केनेडीमाथि खोपप्रति जनविश्वास कमजोर पारेको आरोप लगाए।

प्रोफेसर मारेसोले भने, “यदि खोप दर ९५ प्रतिशतभन्दा माथि हुन्थ्यो भने अहिलेको जस्तो प्रकोप देख्दैनथ्यौँ। खोप यति प्रभावकारी छ।” वेल्सले थपिन्, “हामीले यहाँबाट सिकेका छौँ कि अमेरिकाभर धेरै समुदायमा खोप दर कम छ।” गर्मी महिनामा हुने अन्तर्राष्ट्रिय यात्रा र आवतजावतले दादुरालाई सजिलै पुनःप्रवेश गराउन सक्छ।

टेक्सास इपिडेमिक पब्लिक हेल्थ इन्स्टिच्युटद्वारा सञ्चालित वेस्टवाटर निगरानी प्रणालीले महामारी आउनुअघि नै संक्रमणको संकेत दिएको थियो।

वेल्सले सुझाव दिइन् कि स्थानीय अधिकारीहरूले चिकित्सक, विद्यालय र डेकेयर कर्मचारीलाई दादुराका लक्षण चिन्न तालिम दिनुपर्छ। साथै, परीक्षण क्षमता र नमुना लैजाने प्रक्रिया पनि अगाडि सोचेर तयारी गर्नुपर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com