अमेरिकासँगको व्यापार सम्बन्धमा पारस्परिक सम्मान चाहेको युरोपेली युनियनको भनाई


प्रकाशित मिति : जेष्ठ १०, २०८२ शनिबार

युरोपेली युनियन (ईयू) ले अमेरिकासँगको व्यापार सम्बन्ध पारस्परिक सम्मानका आधारमा अघि बढ्नुपर्ने बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपबाट अमेरिका पठाइने सबै वस्तुमा ५० प्रतिशत शुल्क लगाउने चेतावनी दिएपछि ईयूको यो प्रतिक्रिया आएको हो।

ईयूका व्यापार आयुक्त मारोस सेफकोभिचले अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर र वाणिज्य मन्त्री होवार्ड लुटनिकसँगको कुराकानीपछि ईयू दुवै पक्षका लागि काम लाग्ने सम्झौताको पक्षमा रहेको प्रतिबद्धता जनाए।

अमेरिका-ईयूको व्यापार अनुपम रहेको बताउँदै उनले यसलाई पारस्परिक सम्मानको आधारमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले धम्कीले सम्बन्ध पनि नजोगिने र हितहरूको पनि रक्षा नहुने बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले अमेरिका-ईयूबीचको व्यापार वार्ता सुस्त भएको भन्दै असन्तोष व्यक्त गरेका थिए। उनले सामाजिक सञ्जालमा जुन १ देखि नयाँ शुल्क लागू गर्ने योजना तय भइसकेको उल्लेख गरेका थिए।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै, “म सम्झौताको खोजीमा छैन – हामीले सम्झौता गरिसकेका छौँ,” भनेका थिए। यद्यपि, कुनै युरोपेली कम्पनीले अमेरिकामा ठूलो लगानी गरे सम्झौता ढिला हुन सक्ने सङ्केत पनि उनले दिए।

ईयू अमेरिकाको एक प्रमुख व्यापार साझेदार हो। अमेरिकी तथ्याङ्कअनुसार, गत वर्ष ईयूबाट अमेरिका झन्डै ६०० बिलियन डलरको वस्तु आयात गरिएको थियो भने अमेरिकाबाट ईयूमा ३७० बिलियन डलरको वस्तु निर्यात गरिएको थियो।

ट्रम्पका धम्कीहरू पछि युरोपेली सरकारहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनले भने, “हामीले यो बाटो लिनु आवश्यक छैन। वार्ता नै एक मात्र दीर्घकालीन समाधान हो।” जर्मन अर्थमन्त्री क्याथरिना राइखेले भने, “हामीले अमेरिकासँग समाधान निकाल्न सक्ने सबै प्रयास गर्नुपर्छ।”

अप्रिलमा ट्रम्पले विश्वका धेरै देशहरूबाट आउने सामानमा “पारस्परिक शुल्क” घोषणा गरेका थिए। त्यसमा ईयूका धेरै वस्तुहरूमा २० प्रतिशत शुल्क लागू गरिएको थियो। केही समयपछि उनले ती उच्च शुल्कहरू तीन महिनाका लागि रोक्ने निर्णय गरे। तर, १० प्रतिशत आधारभूत कर भने यथावत् राखिएको छ। चीनसँगका केही शुल्कहरू भने कम गरिएका छन्।

तर, अमेरिकी इस्पात र एल्युमिनियममा ईयूका लागि २५ प्रतिशत कर अहिले पनि लागू छ। ईयूले पनि अमेरिकाबाट आउने २० अर्ब डलर बराबरको वस्तुमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएको थियो, तर अहिले यो रोकिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com